
हेल्प डेस्क सोमबारदेखि शुक्रबारसम्म बिहान ९ देखि अपरान्ह ५ बजेसम्म मात्र सञ्चालन गर्ने निर्णय भएको छ ।
लन्डन । लन्डनस्थित नेपाली दूतावासले भूकम्प पीडितका लागि थप एक करोड रुपैयां प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा पठाउने भएको छ । दूतावासले आफ्नो अर्थक्वेक रिलिफ फण्डमा संकलित रकममध्येबाट फेरि एक करोड रुपैयां पठाउन लागेको हो । यसअघि एक करोड रुपैयां (६५ हजार पाउण्ड) नेपाल गइसकेको छ ।
नेपाल ब्रिटेन उद्दार तथा राहत कोष मुल समितिको सोमबार सांझ बसेको बैठकले दोश्रो चरणमा उक्त रकम पठाउने निर्णय गरेको समितिका संयोजक एवं कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले जनाए । क्षेत्रीले हालसम्म कुल एकलाख ३३ हजार पाउण्ड संकलन भइसकेको र संकलन कार्य जारी रहेको बताए । क्षेत्रीले बेलायतस्थित विभिन्न संघसंस्थालाई आफूले संकलन गरेको रकम पीडितसमक्ष ढिला नगरि पठाइदिन अपिल गरेका छन् । ‘भूकम्प पीडितलाई तत्काल सहयोग आवश्यक छ’, क्षेत्रीले भने, ‘हामीले यहां होल्ड गरेर राख्दा त्यो रकमको उचित समयमा सदुपयोग नहुन सक्छ, त्यसैले तत्काल पठाइदिन हाम्रो आग्रह छ ।’
दूतावास कोषमा आसमाइ कल्चरल ट्रष्ट, हिन्दू वेलफेयर एसोसिएसन अफ इसेक्स, नेपलिज डक्टर्स एसोसिएसन, शिव गुरु रविदास सभा साउथहल, यू डोनेट फाउण्डेशन, लन्डन दूतावास कर्मचारी, पाल्पाली भन्ज्याङ यूके, डा. राघवप्रसाद धिताल (ओबिइ), वाटफोर्ड नेपलिज कम्युनिटी, ब्रेकनेल नेपलिज सोसाइटी, योर ड्राइभिङ इन्सटिच्युट आदिले रकम हालेका छन् । गुल्मी जिल्ला समाज यूके, क्षेत्री समाज यूके, सोसाइटी अफ नेपलिज इन्जिनियर्स यूके, डाटफोर्ड नेपलिज कम्युनिटी जस्ता संस्थाबाट छिट्टै दूतावास कोषमा रकम संकलन गर्ने प्रतिवद्धता व्यक्त भएको छ ।
बैठकमा दूतावासमा राखिएको हेल्प डेस्क सोमबारदेखि शुक्रबारसम्म बिहान ९ देखि अपरान्ह ५ बजेसम्म मात्र सञ्चालन गर्ने निर्णय भएको छ । यसअघि सातै दिन डेस्क सञ्चालनमा थियो । हेल्प डेस्कमार्फत राहत सामाग्री दिन, नेपाल पठाउन र आर्थिक सहयोग प्रदान गर्न इच्छुकले विस्तृत विवरण प्राप्त गरेका थिए ।
बैठकमा कार्यवहाक राजदूत क्षेत्री, सूर्य गुरुङ, कुल आचार्य, डा. राघवप्रसाद धिताल, खगेन्द्र नेपाली, राजेश पाठक लगायत उपस्थित थिए ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा