
हेल्प डेस्क सोमबारदेखि शुक्रबारसम्म बिहान ९ देखि अपरान्ह ५ बजेसम्म मात्र सञ्चालन गर्ने निर्णय भएको छ ।
लन्डन । लन्डनस्थित नेपाली दूतावासले भूकम्प पीडितका लागि थप एक करोड रुपैयां प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा पठाउने भएको छ । दूतावासले आफ्नो अर्थक्वेक रिलिफ फण्डमा संकलित रकममध्येबाट फेरि एक करोड रुपैयां पठाउन लागेको हो । यसअघि एक करोड रुपैयां (६५ हजार पाउण्ड) नेपाल गइसकेको छ ।
नेपाल ब्रिटेन उद्दार तथा राहत कोष मुल समितिको सोमबार सांझ बसेको बैठकले दोश्रो चरणमा उक्त रकम पठाउने निर्णय गरेको समितिका संयोजक एवं कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले जनाए । क्षेत्रीले हालसम्म कुल एकलाख ३३ हजार पाउण्ड संकलन भइसकेको र संकलन कार्य जारी रहेको बताए । क्षेत्रीले बेलायतस्थित विभिन्न संघसंस्थालाई आफूले संकलन गरेको रकम पीडितसमक्ष ढिला नगरि पठाइदिन अपिल गरेका छन् । ‘भूकम्प पीडितलाई तत्काल सहयोग आवश्यक छ’, क्षेत्रीले भने, ‘हामीले यहां होल्ड गरेर राख्दा त्यो रकमको उचित समयमा सदुपयोग नहुन सक्छ, त्यसैले तत्काल पठाइदिन हाम्रो आग्रह छ ।’
दूतावास कोषमा आसमाइ कल्चरल ट्रष्ट, हिन्दू वेलफेयर एसोसिएसन अफ इसेक्स, नेपलिज डक्टर्स एसोसिएसन, शिव गुरु रविदास सभा साउथहल, यू डोनेट फाउण्डेशन, लन्डन दूतावास कर्मचारी, पाल्पाली भन्ज्याङ यूके, डा. राघवप्रसाद धिताल (ओबिइ), वाटफोर्ड नेपलिज कम्युनिटी, ब्रेकनेल नेपलिज सोसाइटी, योर ड्राइभिङ इन्सटिच्युट आदिले रकम हालेका छन् । गुल्मी जिल्ला समाज यूके, क्षेत्री समाज यूके, सोसाइटी अफ नेपलिज इन्जिनियर्स यूके, डाटफोर्ड नेपलिज कम्युनिटी जस्ता संस्थाबाट छिट्टै दूतावास कोषमा रकम संकलन गर्ने प्रतिवद्धता व्यक्त भएको छ ।
बैठकमा दूतावासमा राखिएको हेल्प डेस्क सोमबारदेखि शुक्रबारसम्म बिहान ९ देखि अपरान्ह ५ बजेसम्म मात्र सञ्चालन गर्ने निर्णय भएको छ । यसअघि सातै दिन डेस्क सञ्चालनमा थियो । हेल्प डेस्कमार्फत राहत सामाग्री दिन, नेपाल पठाउन र आर्थिक सहयोग प्रदान गर्न इच्छुकले विस्तृत विवरण प्राप्त गरेका थिए ।
बैठकमा कार्यवहाक राजदूत क्षेत्री, सूर्य गुरुङ, कुल आचार्य, डा. राघवप्रसाद धिताल, खगेन्द्र नेपाली, राजेश पाठक लगायत उपस्थित थिए ।
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च