लन्डन । संयुक्त अधिराज्य (बेलायत)का लागि प्रस्तावित राजदूत चन्द्रकुमार घिमिरेले गोर्खाहरुको समस्या सदाका लागि समाधान गर्न हाल जारी वार्तालाई सकेसम्म चाँडो ठोस निष्कर्षमा पुऱ्याउने प्रतिबद्धता जनाउनुभएको छ ।

बिहीबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना पेस गर्नुहुँदै प्रस्तावित राजदूत घिमिरेले गोर्खा सैनिकहरुको हित हुनेगरी जारी वार्तालाई टुंगो पुर्याउने बताउनुभएको हो ।
‘सन् १९९७ पूर्व ब्रिटिस गोर्खा फौजबाट सेवानिवृत्त भएका गोर्खाहरुको समस्या सदाका लागि समाधान गर्न हाल जारी वार्तालाई गोर्खा सैनिकहरुको हित हुनेगरी सकेसम्म चाँडो ठोस निष्कर्षमा पुऱ्याउनेछु,’ घिमिरेको प्राथमिक भावी योजनामा उल्लेख छ, ‘अन्य सुविधाहरुको हकमा सेवानिवृत ब्रिटिस गोर्खाको अधिकतम हित संवर्द्धन हुने गरी तार्किक निष्कर्षमा पुऱ्याउनेछु,’यस्तै गोर्खाको गौरवशाली इतिहासबारे थप अनुसन्धान, खोज, प्रकाशन र बहसलाई प्रोत्साहन दिने, ब्रिटिश सेनामा भर्ति प्रणालीलाई थप पारदर्शी तथा निष्पक्ष बनाउन संयुक्त अधिराज्यको सरकारको सम्बन्धित निकायसँग समन्वय गर्ने, संयुक्त अधिराज्यमा रहेका ब्रिटिु गोर्खा सैनिकहरूसँग निरन्तर सम्पर्कमा रही वहाँहरुको मनोबल बढाउने र अन्य समस्या हल गर्ने योजना पनि उहाँको छ ।
प्रस्तावित राजदूत घिमिरले आफ्नो कार्ययोजनामा देशको हितलाई सर्वोपरी राखी संयुक्त अधिराज्यसँगको नेपालको ऐतिहासिक सुसम्बन्ध, उक्त राष्ट्र सम्मुनत आर्थिक, राजनैतिक, सामाजिक, शैक्षिक, सांस्कृतिक र सुदृढ शासकीय क्षमता र ती क्षमतासँग नेपाल र नेपालीको समुन्नतीका लागि पर्याप्त क्षमताहरु रहेको उल्लेख गर्दै त्यसका लागि आफूले काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
आफू राजदूत भएमा श्रम बजारको खोजी गर्ने, पर्यटन प्रवर्द्धनमा भूमिका खेल्ने, जलवायुसम्बन्धी मुद्दामा नेपालको पक्षमा पैरवी गर्नेलगायत उहाँको कार्ययोजना छ ।
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला