लन्डन । साउथ इस्ट लन्डनको चाल्टर्नमा चाल्टर्न नेपाली समाजले संचालन गरिरहेको नेपाली भाषा कक्षा ‘लर्न नेपाली प्रोग्राम’ दोश्रो वर्षमा प्रवेश गरेको छ ।
सो अवसरमा दोस्रो वर्षगाँठ एक कार्यक्रम गरी मनाइयो । भाषा कक्षा संचालन भइरहेको स्थानीय फुटवल स्टेडियमको हब सेन्टरमा आयोजित कार्यक्रममा भाषा कक्षाका नानीहरु, स्वयम्सेवक शिक्षकशिक्षिका एवम् अभिभावकको बाक्लो उपस्थिति थियो ।
नेपालमा हालैको महाभुकम्पमा परी ज्यान गुमाउनेहरुको सम्झनामा मौन धारण गरेपश्चात शुरु गरिएको कार्यक्रममा बिद्यार्थीहरुले आकर्षक नाचगान प्रस्तुत गरेर मनोरंजन गराएका थिए । त्यसैगरी कार्यक्रममा नेपालीमा लेखेका कुराहरु आफ्ना नानीहरुले नेपालीमा वाचन गर्दा अविभावकहरु मक्ख देखिन्थे ।
शिक्षिका मंजु खरेलले संचालन गरेको कार्यक्रममा विद्यार्थीहरुले नेपाली भाषा सिकाईमा गरेको प्रगति प्रस्तुत गरिएको थियो । लर्न नेपाली प्रोग्रामका संयोजक सुरज केसी, पूर्व संयोजक फत्त थापा तथा चार्ल्टन नेपाली समाजका अध्यक्ष रोमनाथ पाण्डेले मन्तब्य दिँदै नयाँ पुस्तामा नेपाली भाषाको ज्ञानको अपरिहार्यतामाथि जोड दिए र यसको निरन्तरताको खाँचो औँल्याए ।
धर्म संस्कृति र परम्परा जस्ता कुरा भाषासंगै जोडिएको भन्दै सहभागीहरुले यसको महत्वमाथि आपसी छलफल गरेका थिए । कार्यक्रममा स्वयंसेवी एवम् शिक्षिका रेनु पाण्डे तथा सिता अर्यालले अध्यापनका अनुभवहरु सुनाएका थिए । कार्यक्रममा उपस्थित सबैले स्वयम्सेवी शिक्षकहरुको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।
नेपाली वर्णहरुले सजाइएको आकर्षक केक काटेपछि केहीबेर विद्यार्थीहरुलाई सहभागी गराउँदै नेपालमा दैवी प्रकोपपछि शान्तिको कामना गर्दै भजन किर्तन समेत गरिएको थियो । नेपालको महाविपदपछि खासै हर्ष उल्लाशको अवस्था नभएकोले पनि कार्यक्रम ठूलो रुपमा नगरिएको समाजका सचिव टीएन रिजालले बताए ।
दुई वर्षअघि चाल्टर्न नेपाली समाजले शुरु गरेको लर्न नेपाली प्रोग्राम उदाहरणीय बनेपछि बेलायतका अन्य ठाउँमा पनि यसको अनुशरण गरिएको छ।
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपाल सरकारद्वारा म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर सहयोग प्रदान
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका