
लन्डन । बेलायतमा यही सेप्टेम्बर ७ र ८ तारिखमा गाईजात्रा कार्यक्रम हुँदैछ ।
इभेन्ट नेपाल युकेको आयोजनामा सेप्टेम्बर ७ शनिबार हेजमा र सेप्टेम्बर ८ आइतबार प्लमस्टिड एशियन कम्युनिटी हलमा कार्यक्रम तय भएको दिपक माइथाने मगरले जानकारी दिनुभयो । ती कार्यक्रमका लागि चर्चित हास्य कलाकारहरू मनोज गजुरेल, सुबोध गौतम, प्रभात लामा, मोहन गजुरेल बुधबार लन्डन आइपुग्नुभएको छ ।
लन्डनको हिथ्रो विमानस्थल ओर्लिनुभएपछि कलाकारहरुलाई आयोजक इभेन्ट नेपाल युकेका पदाधिकारी लगायतले स्वागत गर्नुभयो ।
हास्य कलाकार गजुरेलले सबै वर्ग युवा, बुबा युके निवासीमात्रै नभई छिमेकी बेल्जियम, फ्रान्सबाट समेत ७ र ८ तारिखको कार्यक्रममा सहभागी हुन उनले आग्रह गर्नुभयो । उहाँको यो तेस्रो पटकको बेलायत भ्रमण हो । इभेन्ट नेपालले कार्यक्रम आयोजना गर्नु सराहनीय रहेको भन्दै उहाँले प्रशंसा गर्नुभयो ।
यस्तै गौतमले पनि आफूहरु सुविधाजनक तरिकाले बेलायत आएको भन्दै कार्यक्रमका लागि निमन्त्रणा गर्नुभयो ।
लामाले हँसाउने आफूहरुको कर्म भएको भन्दै बेलायतमा सुरु भएको यस्ता कार्यक्रमलाई स्थापित गर्न आग्रह गर्नुभयो ।
गाईजात्रा यूके कार्यक्रममा लाइभ दोहोरी, डाइनामिक म्युजिक टिम (ब्यान्ड) को प्रस्तुति रहने छन् । ७ सेप्टेम्बरको कार्यक्रममा लोक तथा दोहोरी कलाकार टीका सानु, राजु ढकाल र दिपक थापाले प्रस्तुति दिनुहुनेछ भने ८ को कार्यक्रममा मनमाया वाइबा, दीपक थापा र राजु ढकालले गीत गाउने आयोजकले जनाएको छ ।
कार्यक्रममा सहभागीले कार्यक्रम हलको गेटमा ३५ पाउन्ड र अग्रिम टिकेट लिनेले ३० पाउन्ड मात्र तिर्नुपर्नेछ ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास