
लन्डन । एफसी तोङ्बालाई स्तब्ध पार्दै ब्रीगेड ब्वाइज् क्लब (बीबीसी) ले १७औँ रेडिङकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ ।
ग्रेटर रेडिङ नेपाली कम्युनिटीद्वारा रेडिङको पाल्मर पार्कमा शनिबार आयोजित प्रतियोगिताको फाइनल खेलमा एफसी तोङ्वालाई टाइब्रेकरमा स्तब्ध पार्दै बीबीसीले उपाधि जितेको हो । उपाधिसँगै बीबीसीले २ हजार २४ पाउन्ड नगद, कप, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता एफसी तोङ्वाले १ हजार २४ पाउन्डका साथ ट्रफी र प्रमाणपत्रमा चित्त बुझायो । मुख्य (युवा) विधामा १६ टिम सहभागी थिए ।
भेट्रानतर्फ नखिपोट एफसीले विजेता बन्दै १ हजार २५ र इन्टेक ०४ उपविजेता बन्दै ५२४ पाउन्ड नगदसहित पुरस्कार प्राप्त गरे ।
सुपर भेट्रानमा विजेता केनी एफसीले ५२४ तथा उपविजेता भएको इलाम एफसीले ३२४ पाउन्ड प्राप्त गरेका थिए । त्यसअघि, प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि लन्डनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत रोशन खनालले हुनुहुन्थ्यो । उद्घाटनमा काउन्सिलर राजेश सिंह, समाजका अध्यक्ष भिमसेन खड्का, पूर्वअध्यक्ष महेश गुरुङ पनि उपस्थित हुनुहुन्थ्यो ।
विजेता तथा उपविजेतालाई समाजका अध्यक्ष भिमसेन खड्का, इभेन्ट संयोजक एवं उपाध्यक्ष डा. भरत पौडेल, सल्लाहकार विश्वआदर्श पण्डित, पूर्वअध्यक्षहरू महेश गुरुङ, अर्जुन बस्नेत, टेक गुरुङ, उपाध्यक्षहरू प्रेम गुरुङ, सुरेशजङ थापा, यादव श्रेष्ठ, कल्पना पण्डित, सल्लाहकार रामेश्वर थापा, र्याप डिस्ट्रिब्युसनका मुबिन अहमद, जस्ट मोमोका विलास लामिछाने, उत्तम रिजाललगायतले पुरस्कार वितरण गर्नुभयो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो