
लन्डन । बेलायतका लागि नेपाली कार्यवहाक राजदूत रोशन खनालले तमु धीं यूकेसँग सहकार्य गर्न पाउँदा अत्यन्तै हर्षित रहेको बताउनुभएको छ ।
आइतबार २५ अगस्टमा नेपाली दूतावास लन्डनको सहकार्य र तमु धीं युकेको आयोजनामा केम्पर्टन पार्कमा भएको १५ औं नेपाली मेलामा सम्बोधन गर्नुहुँदै कार्यवहाक राजदूत खनालले नेपाली मेला हरेक वर्ष सुधार हुँदै गइरहेको समेत बताउनुभयो ।
‘यस वर्षको नेपाली मेला अत्यन्तै सफलतापूर्वक सम्पन्न भएको छ । बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक नेपालको वास्तविक चित्रण यस मेलाले गर्न सकेको छ । उपस्थिति विगतभन्दा बढी थियो । स्टलहरू पनि बढी थियो । मौसम पनि राम्रो भयो,’ उहाँले भन्नुभयो, ‘हरेक वर्ष सुधार हुँदै गइरहेको छ । यस कार्यक्रम तमु धीं यूकेसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौँ । सबैलाई दूतावासको तर्फबाट धेरै धेरै बधाई तथा धन्यवाद दिन चाहन्छु ।’
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास