संविधानसभाको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले न्यायप्रणाली समितिको प्रतिवेदनमा रहेको संवैधानिक अदालत र संघीय न्यायिक आयोगसम्बन्धी विषयमा प्रधानन्यायाधीशसँग छलफल गर्ने भएको छ । समितिले मंगलबार बेलुका ५ बजे प्रधान न्यायाधीश दमोदारप्रसाद शर्मासँग छलफल गर्नेछ । लक्ष्मणलाल कर्ण नेतृत्वको उपसमितिले तयार पारेको सहमतिको प्रारम्भिक प्रतिवेदनअन्तर्गत संघीय न्यायिक आयोग र
संवैधानिक अदालतका सम्बन्धमा कांग्रेस र एमालेका नेताहरूले नै विरोध जनाएपछि प्रधानन्यायाधीश शर्मासँग छलफल गर्न लागिएको हो । समितिले कर्ण नेतृत्वको उपसमितिको म्याद १५ गतेसम्म थप गरेको छ । यस्तै, समिति सभापति बाबुराम भट्टराईले विभिन्न क्षेत्रका प्रतिनिधिसँग गरेको छलफलमा उठेका संविधानसँग सम्बन्धित विषयबारे प्रतिवेदन तयार पार्न सात सदस्यीय उपसमिति गठन गरिएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा