
लन्डन । नेपाली हिन्दू नारीहरुको सांस्कृतिक पर्व तीजका अवसरमा बेलायतको रोयल बरो अफ ग्रीनवीचमा ‘तीज सेलेब्रेसन’ हुँदैछ ।
वुल्लीच टाउन हलमा यही अगस्ट ३१ तारिख २०२४ शनिबार साँझ ‘तीज सेलेब्रेसन’ हुने बरोकी मेयरेस (मेयरपत्नी) गौमाया गुरुङ रानाभाटले जानकारी दिनुभएको हो । ग्रीनवीच बरोको आयोजनामा हुने कार्यक्रममा कार्यक्रममा तीज नाचगान, डिजे डान्सका साथ स्वादिष्ट नेपाली परिकारहरु समावेश तीजको दर पनि सर्भ गरिनेछ । त्यस अवसरमा नेपालबाट आएकी चर्चित लोकदोहोरी गायिका सुशीला गौतमले पनि प्रस्तुति दिनुहुनेछ ।
तीज कार्यक्रमबाट मेयर च्यारिटीका लागि कोष संकलन गर्ने लक्ष्यसमेत राखिएको गौमायाले जानकारी दिनुभयो । मेयर च्यारिटीअन्तर्गत ग्रीनवीच बरोका वर्तमान मेयर जीत रानाभाटले वुल्लीचकै कमनवेल्थ एण्ड गोर्खा गार्डेन र बावेल क्यान्सर यूकेलाई सहयोग गर्ने लक्ष्य बनाउनुभएको छ । उहाँका अनुसार कार्यक्रमको सम्पूर्ण खर्च व्यवस्थापन आयोजक ग्रीनवीच बरोले नै गर्नेछ ।
ग्रीनवीच बरोकी मेयरेस गौमाया गुरुङ रानाभाटले बरोले पहिलोपटक आयोजना गर्न लागेको तीज इभेन्टमा सहभागी हुन स्थानीय सबै नेपाली दिदीबहिनीलाई आह्वान गर्नुभएको छ । मेयर रानाभाटले पनि कार्यक्रममा सहभागी भएर सहयोग गर्न तथा उपस्थित हुन नसक्नेहरुले पनि स्वेच्छिक रुपमा च्यारिटीमा सहयोग गरिदिन आग्रह गर्नुभएको छ ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास