
लन्डन । ग्रेटर रेडिङ नेप्लिज कम्युनिटी (जीआरएनसी) ले बर्सेनि गर्दै आएको रेडिङकपको १७ औं संस्करण यही अगस्ट ३१ तारिखमा हुने भएको छ ।
रेडिङको पाल्मर पार्कमा प्रतियोगितामा तय गरिएको १७ औं रेडिङकप संयोजक तथा जीआरएनसीका सचिव डा भरत पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगतामा युवा, भेट्रान र सुपर भेट्रान गरी तीन छुट्टाछुट्टै समूहमा प्रतिस्पर्धा हुनेछ । युवामा १६, भेट्रानमा १२ र सुपर भेट्रानमा ८ टीमले भाग लिँदैछन् ।
रेडिङकपको मुख्य एवम् युवा विधामा विजेतालाई २ हजार २४ पाउण्ड नगदसहितको पुरस्कार छ भने उपविजेता टिमले नगद १ हजार २४ प्राप्त गर्नेछन् । भेट्रान र सुपर भेट्रानमा विजेतालाई क्रमशः १ हजार २४ र ५ सय २४ तथा उविजेतालाई क्रमशः ५ सय २४ र ३ सय २४ पाउण्ड नगद पुरस्कार दिइनेछ ।
प्रतियोगितामा प्रवेश शुल्कस्वरुप हरेक टीमलाई युवा र भेट्रान विधामा २ सय ५० पाउण्ड तथा सुपर भेट्रान विधामा १ सय ५० पाउन्ड लाग्नेछ ।
रेडिङकपमा फुटबलका साथै विविध मनोरञ्जनात्मक प्रस्तुतिहरुको पनि आकर्षण रहने आयोजकले जनाएको छ । प्रतियोगितास्थलमा नेपाली खाना तथा विभिन्न व्यापारिक स्टलहरुका साथै मौलिक नेपाली पञ्चेबाजासहितका विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गर्ने तयारी रहेको जीआरएनसी अध्यक्ष भिमसेन खड्काले बताउनुभएको छ । उहाँले जिम्मेवारी बाँडफाँड गरेर तयारी भइरहेको समेत जानकारी गराउनुभयो ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?