लन्डन । मौलिक सांस्कृतिक प्रस्तुतिसहित गुल्मी जिल्ला समाज युकेको वार्षिक भेला सम्पन्न भएको छ ।
यो १६ औं संस्करणको गुल्मेली भेला हो । लन्डन फेल्थामको ट्युडोर पार्क लिजर सेन्टरमा आइतबार समाजका अध्यक्ष रुद्र थापाको अध्यक्षतामा आयोजित औपचारिक कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली कार्यवाहक राजदूत रोशन खनाल रहनुभएको थियो ।

विशेष अतिथि लन्डन ग्रीनवीचका मेयर जीत रानाभाट, एनआरएनए युके अध्यक्ष प्रेम गाहामगर, समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापा, पूर्वसांसद डा सूर्य पाठक, गुल्मीको छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे र कालीगण्डकी गाउँपालिका अध्यक्ष वेदबहादुर थापा, कार्यक्रमको टाइटल स्पोन्सर सुरेश केसीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
महासचिव महलाल घिमिरेले सञ्चालन गरेको कार्यक्रममा संयोजक एवम् समाजकी उपाध्यक्ष मञ्जु भण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
समाजका अध्यक्ष रुद्र थापाले आफ्नो मन्तव्यमा कार्यक्रम सफल पार्न योगदान गर्ने सबै सहयोगी, सहभागी तथा अतिथिलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
भेलामा नेपालबाट आएका राष्ट्रिय कलाकारका सांगीतिक प्रस्तुतिसँगै प्रथम नौमति बाजा गुल्मी युकेको प्रस्तुति, मौलिक गुल्मेली झ्याउरे, भजन, तीजगीतसहितका विविध कार्यक्रममा सहभागीले मनोरञ्जन लिए ।
कार्यक्रममा लोकदोहोरी कलाकारहरु सुशिला गौतम, दीपक घर्तीमगर, रेनुका भट्टराई, दिलु सलामीलगायतले सांगीतिक प्रस्तुति दिनुभएको थियो ।
त्यस्तै, दीपक माइथाने, अञ्जना सापकोटा, गोमा सापकोटा, पवित्रा सापकोटा, महिमा कंडेल, गरिमा सारु, प्रिसा खत्रीसहितका स्थानीय कलाकारले पनि आकर्षक नृत्य देखाउनुभयो ।

सांस्कृतिक कार्यक्रमको संयोजन समाजकी सांस्कृतिक सचिव माया केसीले गर्नुभएको थियो । सोही अवसरमा माया केसी र अर्जुन बस्नेतको संयोजनमा सुनका गरगहनालगायतका आकर्षक पुरस्कारसहितको ‘राफल ड्र’ पनि गराइएको थियो ।
कार्यक्रममा बेलायतभरबाट भेला भएका गुल्मेलीसहित १२ सय भन्दा बढीको सहभागिता रह्यो ।
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
अमेरिकामा नयाँ कर लागू
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस