लन्डन । ब्रिटिश सेनामा गोर्खा भर्तीको दुई सय वर्ष गांठका विशेष कार्यक्रम भइरहंदा भूपू गोर्खा अझै समानताको हक खोज्दै आन्दोलनरत छन् । कतिपयले गोर्खालाई पैसाका लागि अरु देशमा गएर लड्ने भाडाका सिपाही (मर्सिनरी) को तुच्छ संज्ञा दिएका पनि पाइएको छ । गोर्खा स्वयं आफू बेचिएको भ्रम पाल्छन् । यूकेमा गोर्खालीलाई शरणार्थी सरह देख्ने आंखा पनि धेरै छन् ।
तर, एकजना स्वंय गोर्खा अनि साहित्यकार विश्वासदीप तिगेलाले तिनै भ्रम निवारण गर्न सानो भिडियो निर्माण गरेका छन् । उक्त भिडियोले गोर्खाहरु भाडाका सिपाही (मर्सिनरी) होइनन् बरु ब्रिटिश साम्राज्यले नेपालसंग उल्टो पैसा लिएको दावी गरेको छ । भिडियोले गोर्खा बेलायतमा किन छन् प्रष्ट्याउने प्रयास समेत गरेको छ । तिगेलाले लामो समय रिसर्च गरेर अहिलेसम्म बाहिर नआएका तथ्यहरु भिडियोमा राखेको जनाए । तिगेलाले गोर्खा इतिहास मर्सिनरीको परिभाषासंग दांज्न नमिल्ने तर्क गर्दै गोर्खाहरुले ब्रिटिस सामाज्यकै हिस्साको दावी गर्नु पर्ने उल्लेख गरे । अंग्रेजहरुका लागि लक्षित गरि बनाइएको उक्त भिडियो ३ मिनेट ३१ सेकेन्डको छ ।
हेरौं भिडियोमा के छ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च