लन्डन । ब्रिटिश सेनामा गोर्खा भर्तीको दुई सय वर्ष गांठका विशेष कार्यक्रम भइरहंदा भूपू गोर्खा अझै समानताको हक खोज्दै आन्दोलनरत छन् । कतिपयले गोर्खालाई पैसाका लागि अरु देशमा गएर लड्ने भाडाका सिपाही (मर्सिनरी) को तुच्छ संज्ञा दिएका पनि पाइएको छ । गोर्खा स्वयं आफू बेचिएको भ्रम पाल्छन् । यूकेमा गोर्खालीलाई शरणार्थी सरह देख्ने आंखा पनि धेरै छन् ।
तर, एकजना स्वंय गोर्खा अनि साहित्यकार विश्वासदीप तिगेलाले तिनै भ्रम निवारण गर्न सानो भिडियो निर्माण गरेका छन् । उक्त भिडियोले गोर्खाहरु भाडाका सिपाही (मर्सिनरी) होइनन् बरु ब्रिटिश साम्राज्यले नेपालसंग उल्टो पैसा लिएको दावी गरेको छ । भिडियोले गोर्खा बेलायतमा किन छन् प्रष्ट्याउने प्रयास समेत गरेको छ । तिगेलाले लामो समय रिसर्च गरेर अहिलेसम्म बाहिर नआएका तथ्यहरु भिडियोमा राखेको जनाए । तिगेलाले गोर्खा इतिहास मर्सिनरीको परिभाषासंग दांज्न नमिल्ने तर्क गर्दै गोर्खाहरुले ब्रिटिस सामाज्यकै हिस्साको दावी गर्नु पर्ने उल्लेख गरे । अंग्रेजहरुका लागि लक्षित गरि बनाइएको उक्त भिडियो ३ मिनेट ३१ सेकेन्डको छ ।
हेरौं भिडियोमा के छ
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक