सत्ता साझेदार चार दलले उच्च स्तरीय राजनीतिक समिति बनाउन नसकिने जनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान भएको सत्ता साझेदार नेपाली काग्रेस, नेकपा एमाले, राप्रपा र नेकपा मालेको बैठकले संविधानसभाको कामलाई प्रभावित हुने भन्दै त्यस्तो समिति गठनलाई अस्वीकार गरेका हुन् ।
पुसमा काग्रेस र एमालेसँग भएकाे चार बुँदे सहमतिअनुसार समिति गठन गर्नु पर्ने माग प्रतिपक्षी दल एकीकृत नेकपा माअोवादीले गर्दै अाएको छ । उसले त्यस्तो समिति गठन नगरिए वार्ता समेत नबस्ने र संसद अवरुद्ध पार्ने चेतावनी दिएको छ ।
त्यस्तै चार दलको बैठकले अन्तर्वस्तुमा अन्य दलसँगको वार्तामा लचिलो हुने समेत निर्णय गरेको हो। चार दल समयसीमाभित्र सहमति जुट्न नसकेका विषयलाई संविधानसभामा प्रवेश गराउने समेत उनीहरुको निर्णयमा उल्लेख छ । संविधानसभाका दुई तिहाइ मतबाट संविधान बनाउन सक्ने प्रावधान छ। चार दलको बैठकले संविधानसभाका अन्तर्वस्तुमा एकीकृत माओवादीसहित संविधानसभा भित्र र बाहिर रहेका दलसँगको छलफललाई तीव्र बनाउने निष्कर्ष निकालेका छन् ।
संघीयता, शासकीय स्वरूप, न्याय प्रणालीलगायतका विषयमा सत्ताघटक दलबीच सकेसम्म समान धारणा बनाएर जाने सहमति भएको छ । ‘संविधानका विवादित विषयमा समयको पावन्दीलाई समेत मध्यनजर गरेर सबै पक्षसँग संवाद गर्ने र सहमति जुटाउने, सहमति नजुटे प्रक्रिया (मतदान) मा पनि जानुपर्ने हुन्छ,’ एमाले उपाध्यक्ष विद्या भण्डारीले भनिन्, ‘एकीकृत माओवादीसहित सबै दलसँग वार्ता र छलफल हुन्छ ।’ नेकपा (माले) का महासचिव सिपी मैनालीले संविधानका विवादित विषय संविधानसभा प्रवेश गरिसकेको जनाउँदै सकेसम्म सहमतिबाट अघि बढ्दा संविधान निर्माण सहज हुने बताए । ‘सहमति हुन सकेन भन्ने प्रजातान्त्रिक प्रक्रियाबाट अघि बढ्न सजिलो हुन सक्छ,’ मैनालीले भने, ‘त्यो प्रक्रिया थालौं भनेर प्रधानमन्त्रीले भन्नुभयो, त्यसमा हामी सहमत भयौं ।’ प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच थोरै प्रदेश बनाउने विषयमा धारणा मिले पनि शासकीय स्वरुपमा भने विपरित धारणा रहेको छ । कांग्रेस संसदीय व्यवस्थाकै पक्षमा रहेको छ भने एमाले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा छ । सशाकीय स्वरुपमा राप्रपाको धारणा भने नेपाली कांग्रेससँग मिल्छ ।
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित
गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा एडीपीको जोड
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो