लन्डन । २५ वर्षीय एक नेपाली युवा प्रमेशराज गिरी अन्तर्राष्ट्रिय फास्टफुड चेन म्याकडोनाल्ड्सको दि रे क्रक अवार्डस् (म्यानेजर अफ दि इयर २०१५) बाट सम्मानित भएका छन् । म्याकडोनाल्ड्स यूकेका करिब १४ सय म्यानेजरमध्ये गिरी १२ जनाभित्र परि उक्त अवार्ड जित्न सफल भएका हुन् । युरोपभरका म्यानेजरमध्येबाट उनी टप वान प्रतिशतभित्र पर्न सफल भए । रेष्टुरेन्टको व्यापार वृद्धिमा गरेको योगदानका आधारमा म्याकले वर्षेनी उक्त प्रतिष्ठित अवार्ड प्रदान गर्दै आएको छ । यसपटक युरोपको चेक रिपव्लिक राजधानी प्रागस्थित कोरिनथिया होटलमा अवार्ड समारोह सम्पन्न भएको थियो । उक्त अवार्ड अमेरिकी फ्रेन्चाइज कम्पनी म्याकडोनाल्डका संस्थापक रे क्रकको नाममा स्थापना गरिएको हो ।
‘मलाई त्यतिका मध्येबाट छानिन्छु भन्ने कल्पना समेत थिएन’, वीनेपालीसंग खुशी साट्दै उनले भने, ‘म ज्यादै खुशी छु । परिश्रम गरे त्यसको फल ढिलो चांडो पाइने रहेछ ।’ सफलता पछाडि इमान्दार र जागिरप्रति दत्तचित्त भएर लाग्दाको परिणाम ठान्छन् उनी ।
अहिले उलवीच डकयार्ड शाखामा विजनेश म्यानेजरको जिम्मेवारी सम्हालिरहेका गिरीले म्याकमा काम शुरु गरेको ६ वर्ष अवधिमा उक्त सफलता हांसिल गरेका हुन् । शुरुमा क्रु मेम्बरका रुपमा छिरेका उनी क्रु ट्रेनर, सिफ्ट म्यानेजर, सेकेन्ड असिस्टेन्ट विजनेश म्यानेजर, फष्ट विजनेश असिस्टेन्ट म्यानेजर हुंदै हाल विजनेश म्यानेजर छन् ।
भक्तपुर निवासी गिरी डन बस्कोमा प्लस टु सकेलगत्तै अध्ययनका लागि यूके आएका थिए । बेलायत आउंदा उनको उमेर १९ मात्र थियो । उनले यहां आएर शुरुदेखिनै म्याकमा आवद्ध भइ अध्ययनलाई एकसाथ अगाडि बढाएका थिए । विजनेश म्यानेजमेन्टको पढाइले पनि उनलाई कार्यक्षेत्रमा सघाएको थियो । अवार्ड पाएलगत्तै आफूलाई टेस्को, सेन्सबरी जस्ता स्टोरबाट राम्रो अफर आएको गिरीले बताए । गिरीले म्याकडोनाल्ड चेनलाई नेपालमा लैजाने सम्भाव्यताबारे पनि अध्ययन गर्ने जनाए ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च