
लन्डन । एनआरएनए यूकेले हालै निर्वाचित विमला सेने नेतृत्वको नेपाल पत्रकार महासंघ यूके नयाँ कार्यसमितिलाई सम्मान गरेको छ ।
आइतबार अल्डरसटस्थित ठमेल रेष्टुरेन्टमा आयोजित एक कार्यक्रममा एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, प्रमुख संरक्षक डेभिड गुरुङ, प्रमुख सल्लाहकार डा. भीम पुन लगायतले नेपाल पत्रकार महासंघ यूके अध्यक्ष विमला सेने, वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेत, उपाध्यक्षद्वय प्रमिला लावुङ राई र शिव भण्डारी, कोषाध्यक्ष एसके गुरुङ, सह-कोषाध्यक्ष सुरेन्द्र इंग्नाम, सदस्यहरु वाचस्पति रेग्मी, गोमा राना, बम थापा सूर्यवंशी, मिलन तमु र नरेन्द्र नेम्वाङलाई फेटा, पुष्पगुच्छा र ‘टोकन अफ लभ’ बाट सम्मान गर्नुभएको हो ।
पत्रकार महासंघ यूके अध्यक्ष सेनेले विशेष सम्मान गरेकामा एनआरएनए यूकेप्रति धन्यवाद व्यक्त गर्नुहुँदै नेपाली समुदायको अपेक्षा अनुसार संस्था पत्रकारितामा निरन्तर लागिरहने प्रण गर्नुभयो ।
अध्यक्ष सेनेले नेपाली समुदायको हितका लागि भावी दिनमा एनआरएनए यूकेसँग सहकार्य गर्ने समेत जनाउनुभयो ।
प्रमुख संरक्षक डेभिड गुरुङले पत्रकार महासंघको नयाँ कार्यसमितिलाई बधाई दिनुहुँदै अझ बढी खोज, अनुसन्धानमा लागेर सत्य तथ्य समाचार प्रस्तुत गर्न सुझाव दिनुभयो । उहाँले पत्रकार महासंघ यूके, एनआरएनए यूकेमा केही समूहले भ्रम फैलाउने कोशिस गरे पनि त्यसमा विश्वास नगर्न समुदायसमक्ष अपिल गर्नुभयो ।
एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले विगतमा जे जस्तो भए पनि संघ अब पत्रकार महासंघ, बेलायतको नयाँ कार्यसमितिसँग सहकार्य गरेर अगाडि बढ्ने उल्लेख गर्नुहुँदै जनचेतनामूलक र सूचनामूलक समाचार सम्प्रेषण गर्न पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
एनआरएनए यूके महासचिव प्रमिला लाबुङ राईले सञ्चालन गर्नुभएको उक्त सम्मान कार्यक्रममा नेपालबाट आउनुभएका लोकगायक राजेन्द्र कार्कीले राष्ट्रिय गान गाउनु भएको थियो ।
सो अवसरमा एनआरएनए यूकेले अगष्ट ३ मा फेल्थाम लन्डनमा गर्न लागिएको पहिलो एनआरएनए कप फुटबल प्रतियोगिता तथा नेपाल महोत्सव तयारी पूरा भएको जानकारी दिएको छ ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास