लन्डन । नेप्लिज ड्राइभिङ इन्स्ट्रक्टर एसोसिएसन (एनडीआईए)युकेको वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शनिबार २७ जुलाईका दिन अल्डरसटमा क्याप्टेन रिटायर्ता तामबहादुर ढेगाको अध्यक्षतामा एनडीआईएको साधारणसभा सम्पन्न भएको हो । कार्यक्रमलाई अध्यक्ष क्याप्टेन रिटायर्ड ताम ढेगा, निवर्तमान अध्यक्ष होम राना र संस्थापक अध्यक्ष थर्क सेनले सामूहिक रुपमा पानसमा दिप प्रज्लन गरी उद्घाटन गर्नुभएको थियो । सभामा सचिव तेज पुनले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष निर्मल सिरिसले आर्थिक विवरण प्रस्तुत गर्नुभएको थियो । उक्त प्रतिवेदनहरु बैठकमा उपस्थित सबै सदस्यहरुले धन्यवादसहित पारित गराउनुभएको थियो ।
साधारण सदस्य/आजीवन सदस्य शुल्कको बारेमा बृहत् छलफल भएको थियो । यसबारे मेजर रिटाइर्ड भोलामान राई, थर्क सेन, नगेन्द्र नेम्बाङले जिज्ञासा राखे तापनि अर्को अधिवेशनसम्मका लागि सदस्यता शुल्क यथावत् राखिने निर्णय भएको एनडीआईएले जनाएको छ ।
कार्यक्रमको अवसरमा नयाँ सदस्यद्वय एडीआई चन्द्र रसाइली र बुद्ध थापामगरलाई अध्यक्ष ढेगाले खादा ओढाइ सम्मानका साथ संस्थामा स्वागत गर्नुभएको थियो । एसोसिएसनले आगामी मार्च महिनामा डिभिएसएबाट गेस्ट स्पिकर (प्रवक्ता) ल्याएर ज्ञानमूलक कार्यक्रम गर्ने भनी बैठकले पारित गर्यो ।
कार्यक्रममा उपाध्यक्ष राज विष्टले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सचिव तेज पुनले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा गायिका रेनुका भट्टराईले विभिन्न नेपाली लोक तथा दोहोरी गीत गाउनुभएको थियो ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास