लन्डन । विश्वकै सक्रिय क्रिकेट क्लव मानिन्छ लन्डन सेन्ट जोन्स् उडस्थित मार्लेबोन क्रिकेट क्लव (एमसीसी) । सन् १७८७ मा स्थापित उक्त क्लवको स्वामित्वमा क्रिकेटको घर अर्थात लर्डस् क्रिकेट मैदान छ । यसका १८ हजार पूर्ण तथा ५ हजार एसोसिएट सदस्यहरु छन् । त्यही प्रतिष्ठित क्लव एमसीसीले नेपालका भूकम्प पीडितका लागि २० हजार पाउण्ड भन्दा बढि संकलन गरेको छ । रोयल गोर्खा राइफल्स् प्रतिनिधिहरुको साझेदारीमा संकलित उक्त रकम गोर्खा वेल्फेयर ट्रष्ट अर्थक्वेक रेस्पोन्स् फण्डमा जानेछ । ट्रष्टले भूकम्प अति प्रभावित गाउंमा औषधि र अत्यावश्यक सहयोग उपलव्ध गराउंदै आएको छ ।
इंग्ल्याण्ड र न्यूजिल्याण्डबीच टेष्ट म्याचको तेश्रो दिनमा सहभागी दर्शकहरुले भूकम्प पीडितका लागि स्वतस्फूर्त सहयोग गरेका हुन् । ब्रिटिश अभिनेत्री जोआना लुम्लले ट्रष्टको च्यारिटी कार्यप्रति प्रशंसा गरेकी छन् । ट्रष्टले काठमाण्डौंबाट अति दुर्गम गाउंमा गएर उल्लेखनीय काम गरेको बताउंदै भूकम्पबाट विस्थापितहरुको सहयोगका लागि धेरै रकम चाहिएको लुम्लेले बताइन् ।
नेपालले क्रिकेटमा क्रमशः फड्को मार्दै गएका बेला नेपाल र मार्लेबोन क्रिकेट क्लवबीचको सम्वन्ध केही समय यता थप प्रगाढ बन्दै गएको छ । क्लवले नेपालको क्रिकेट विकासका लागि सहयोग गर्दै आएको छ ।
एमसीसीले नेपाल क्रिकेट टिमका क्याप्टेन पारस खड्कालाई अनुवन्ध गरेर गत मार्चमा दुवइमा आयोजित इमिरेट्स टि २० प्रतियोगितामा अवसर दिएको थियो । यस अतिरिक्त क्लव पदाधिकारी आगामी नोभेम्बरमा दुई साताको नेपाल भ्रमणमा जाने कार्यक्रम छ । तर, नेपालको वर्तमान अवस्थाका कारण भ्रमण के
गर्ने भन्नेबारे क्रिकेट एसोसिएसन अफ नेपालसंग परामर्श भइरहेको क्लवले जनाएको छ ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण