लण्डन । बेलायतका मिडल्यान्ड र क्याम्ब्रिजशेयरका नेपाली संघसंस्थाको संयुक्त अार्थिक सहयोगमा नेपालका भूकम्प प्रभावित पाँच जिल्लाका २१ गाविसमा २ हजार ३४० घरधुरीलाई राहात वितरण गरिएको छ ।
शान्ति नेपाली समाज, नेपाल नामक सामाजिक संस्थाको संयोजनमा यही मे १ देखि २३ तारिखसम्म गोर्खाको मान्बु,गुम्दा, धावा, लपु, सिम्जुंग , सौरापानी, सिन्धुपाल्चोक जिल्लाको कर्थली, तेकान्पुर, मांखा, भोटेसिपा, भीमटार, तैथाली, भाँडेगाउँ, नवलपुर, सिपापोखरे,फुक्लिंग्कोट, धादिंग जिल्लाको बसेरा,छत्रे देउराली, दोलखाको पवति , तनहुँ जिल्लाको पुर्कोट, काभ्रेपलान्चोक जिल्लाको टुकुचा गाविसहरूमा स्वास्थ्य सेवा लगायत करिब ३५ लाख रूपियाँको त्रिपाल, कम्बल, चामल, चिउरा, मुरै, चाउचाउ, जस्तापाता, लत्ताकपडा जस्ता विभिन्न राहतका सामग्रीहरू वितरण गरिएको छ ।
नेपालमा गत अप्रिल २५ मा विनासकारी भुकम्प अाई जनधनको ठूलो क्षतिको खबर सुन्नासाथ शान्ति नेपाली समाज बेलायत, हाम्रो नेपाली समाज वेष्टमिडल्याण्ड ओल्भरहाम्टन,पिटरबोरो नेपाली समाज, सिर्जनशील लेष्टर नेपाल, नेपाली समाज नटिंघम, साझा नेपाली समाज युके, श्री पशुपतिनाथ मंदिर बर्मिङघम, भिजन हुमानिटी मिलेर नेपालमा भुकम्प पीडितहरूलाई राहत पुर्याउन काशीनाथ शर्माको संयोजकत्वमा राहत सहयोग कमिटी गठन गरिएको थियो।
यस क्षेत्रका नेपाली समुदाय एवं संघसंस्थाबाट र बेलायती समुदायबाट उल्लेख्य अार्थिक सहयोग प्राप्त भई तत्काल राहत पीडितसम्म पुर्याउन सफल भएकोमा सबै दातालाई धन्यवाद दिंदै अब पुनर्निर्माण र पुनर्व्यवस्थापनको लागि नेपाल राष्ट्रलाई कसरी सहयोग गर्न सकिन्छ भन्नेबारे छलफल गरेर निर्णय लिने जानकारी संयोजक काशीनाथ शर्माले गराए ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते