
लण्डन । धेरैले बेलायतको निर्वाचन परिणाम छिटो प्रकाशित भएको प्रतिक्रिया दिए पनि पूर्ण परिणाम भने शनिबार मात्र प्रकाशन भएको छ ।
स्कटल्याण्डको एक सीट र इङल्याण्डको एक सीटमा पुन मतगणनाका कारण परिणाम प्रकाशन हुन धेरै समय लागेको हो ।
परिणामअनुसार लेबर पार्टी ४१२ सीट प्राप्त गरेर सबैभन्दा ठूलो दल बनेको छ भने १२१ सीट प्राप्त गरेर कन्जरभेटिभ पार्टी प्रमुख प्रतिपक्ष बनेको छ । लिबरल डेमोक्रयाटिक पार्टी ७२ सीटका साथ तेस्रो ठूलो दल बनेको छ भने कुनै समय स्कटल्याण्डमा रजगज गरेको स्कटिश न्याशनालिष्ट पार्टीले भने ९ सीटमा चित्त बुझाउनु परेको छ । उत्तरी आयरल्याण्डकी सीन फेनले ७ सीट जितेको छ भने ६ जना स्वतन्त्र उम्मेदवारहरुले जितेका छन् । नाइजल फराजको रिफर्म पार्टी र उत्तरी आयरल्याण्डको डेमोक्रयाटिक युनियनिष्ट पार्टीले ५/५ सीट जितेका छन् ग्रीन पार्टी र प्लेड कम्रीले ४/४ सीट, सोसल डेमोक्रयाटिक एण्ड लेबर पार्टीले २, अलाइन्स पार्टी, ट्राडिसनल युनियनिष्ट भ्वाइनस र अल्टर युनियनिष्ट पार्टीले १/१ सीट जितेका छन् ।
देशभरमा २ लाखभन्दा बढी मत पाएको वर्कर्स पार्टीले कुनै सीट जित्न सकेन । निर्वाचनमा सबैभन्दा बढी मत लेबर पार्टीले ९७ लाख मत ल्यायो भने कन्जरभेटिभले ६८ लाख मत पायो । ७२ सीट जितेको लिबरल डेमोक्रयाटिक पार्टीले ३५ लाख मत पाएको छ भने ५ सीट जितेको रिफर्म पार्टीले ४१ लाख मत । सबैभन्दा कम क्लाइमेट पार्टीले १ हजार ९६७ मत पायो । कम्युनिष्ट पार्टी अफ ब्रिटेनले २ हजार ६२२ मत ल्याउन सफल भयो ।

तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय