
लण्डन । बेलायतको नयाँ प्रधानमन्त्रीमा लेबर पार्टीका नेता सर किअर स्ट्यामर नियुक्त भएका छन् ।
बेलायतका राजा चार्ल्सले ६२ वर्षीय स्ट्यामरलाई शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । उनी बेलायतका ५८ औँ प्रधानमन्त्री हुन् ।
बेलायतमा बिहीबार सम्पन्न आमनिर्वाचनमा उनको दल लेबर पार्टीले अत्यधिक बहुमत प्राप्त गरेको थियो । यसअघि भएका तीन निर्वाचनमा लेबर पार्टीले पराजय बेहोरेको थियो ।
पेशाले वकिल स्ट्यामर राजनीतिमा लागेको छोटो समयमै प्रधानमन्त्री बन्ने व्यक्तिमा पर्छन् । उनी सन् २०१५ मा पहिलोपटक सांसद बनेका थिए । त्यसअघि उनी महान्यायाधिवक्ताका रूपमा कार्यरत थिए । युनिभर्सिटी अफ लिड्सबाट कानुनमा स्नातक गरेका स्ट्यामरले अक्सफोर्ड विश्वविद्यालयबाट कानुनमै पोष्ट ग्राजुयट गरेका छन् ।
युवावस्थामाबाट नै लेबर पार्टीको युवा संगठनमा काम गर्न थालेका स्ट्यामरको मातापिता नै लेबर पार्टीका समर्थक थिए । उनको नाम पनि लेबर पार्टीका पुराना नेताबाट राखिएको उनका पिताले खुलासा गरेका थिए ।
उनी लेबर पार्टीबाट बेलायतका प्रधानमन्त्री हुने सातौँ व्यक्ति हुन् । उनी सन् २०१९ को निर्वाचनमा लेबर पार्टीले पराजय भोगेपश्चात तत्कालिन नेता जेरेमी कोर्बिनले राजिनामा दिएपछि सन् २०२० मा नयाँ नेताका रूपमा उदाएका हुन् । पार्टीको बागडोर सम्हालेपछि उनले पार्टीलाई लेफ्टबाट सेन्टर लेफ्टतर्फ ल्याएका थिए । उनले पार्टीका पूर्व नेता जेरेमी कोर्बिनलाई नै पार्टीबाट निकालेका थिए ।
सन् २००७ मा भिक्टोरिया अलेक्जाण्डरसित विवाह बन्धनमा बाँधिएका स्ट्यामरका एक छोरा र एक छोरी छन् । फुटबलमा रुचि राख्ने स्ट्यामर आर्सनल फुटबल क्लवका समर्थक हुन् ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय