
लण्डन । विहीबार बेलायतमा भएको आम निर्वाचनमा आफ्नो पार्टीले नराम्रो पराजय भोगेपछि बेलायती प्रधानमन्त्री ऋषि सुनकले राजिनामा दिएका छन् ।
बेलायती प्रधानमन्त्रीको कार्यालय बाहिर उनले छोटो सम्बोधन गर्दै प्रधानमन्त्री र कन्जरभेटिभ पार्टीको नेता दुवैबाट राजिनामा दिएको बताए । तर पार्टीको नयाँ नेता छनौट नभएसम्म पदमा रहिरहने पनि उनले बताए ।
सम्बोधनका क्रममा उनले बेलायती जनताको आक्रोश र निराशा सुनेको र निर्वाचनमा भएको हारको जिम्मेवारी लिने बताए । उनले जनताप्रति माफी पनि मागे भने निर्वाचनको अभियानमा संलग्न सबैलाई धन्यवाद दिए । उनले २० महिनाअघि आफू प्रधानमन्त्री हुँदाभन्दा राम्रो अवस्थामा बेलायत रहेको पनि दाबी गरे ।
प्रतिपक्षी लेबर पार्टीका नेतालाई निर्वाचनमा प्राप्त सफलताका लागि बधाई पनि दिए । तत्पश्चात सुनक श्रीमती अक्षता मूर्तिका साथ बेलायती राजालाई भेट्न बकिङघम पालेस पुगेका थिए।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय