
लन्डन । बेलायतमा आज आम निर्वाचन हुँदैछ ।
संवैधानिक प्रावधानअनुसार सन् २०२४ भित्रमा आम निर्वाचन गर्नुपर्ने बाध्यता रहे पनि प्रधानमन्त्री ऋषि सुनकले आकस्मिक रूपमा छ साताअघि आजको दिनलाई निर्वाचनका लागि घोषणा गर्नुभएको थियो ।
इङ्ल्यान्ड, वेल्स, स्कटल्यान्ड र उत्तरी आयरल्यान्डका ६५० निर्वाचन क्षेत्रमा बिहान ७ बजेबाट मतदान शुरु भएको छ भने राति १० बजेपछि मतदान बन्द हुनेछ ।
निर्वाचन परिणामपछि बेलायतको तल्लो सदन हाउस अफ कमन्समा बहुमत प्राप्त दलले सरकार गठन गर्ने परम्परा छ । यसका लागि ३२६ सीट प्राप्त गर्नु पर्नेछ ।
निर्वाचनअघि गरिएका सबै सर्भेक्षणहरूले प्रमुख प्रतिपक्षी दल लेबर पार्टीले निर्वाचनमा बहुमत प्राप्त गर्ने विश्लेषण गरेका छन् । सो दलका नेता सर किअर स्टामरलाई आगामी प्रधानमन्त्रीका रूपमा हेरिएको छ भने विगत १४ वर्षदेखि सत्तामा बहाल रहेको कन्जरभेटिभ पार्टीले ऐतिहासिक रूपमा नै कम्ती स्थान प्राप्त गर्ने पनि आँकलन गरिएको छ ।
यस निर्वाचनमा मुख्यत बेलायतको स्वास्थ्य सेवा (एनएचएस) मा सेवा पाउन प्रतीक्षा गर्नुपर्ने समय, कर, आप्रवासन र अर्थतन्त्र अजेण्डा रहेकाछन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा