
लण्डन । गोरखा भूतपूर्व सैनिकहरुका बारेमा नेपाल र बेलायत सरकारबीच जारी वार्तामा बेलायत सरकारले उठाएको विभिन्न ३५ बुँदामा नेपाल सरकारले पठाउने जवाफ तयार भएको छ ।
यसबारेमा छलफल गर्न आज बेलायतको लण्डनस्थित नेपाली दुताबासमा आयोजित छलफलमा बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले नेपाल सरकारका तर्फबाट तयार गरिएको प्रत्यूत्तरको सारांश गोरखाहरूलाई बताएका थिए । उनले गोरखाहरुले उठाउँदै आएको गुनासाहरूकै आधारमा सो प्रत्यूत्तर तयार गरिएको पनि जानकारी दिएका थिए ।
सो सारांशमाथि गोरखा भूतपूर्व सैनिकका संघसंस्थाका प्रतिनिधिहरूले विभिन्न सुझाव दिएका थिए । छलफलमा सहभागी गोरखा भूतपूर्व सैनिक संघ (गेसो)का सभापति कृष्णकुमार राईका अनुसार ती सुझावहरु समावेश गरेपछि दुताबासले सो पत्र परराष्ट्र मन्त्रालयमा पठाउने र त्यहाँबाट स्वीकृत भएर आएपछि बेलायती रक्षा मन्त्रालयलाई पठाइने छ ।
छलफलमा सहभागी गेसो उपसभापति धर्मबहादुर तामाङका अनुसार राजदुत आचार्यले आफू नेपाल फर्कन अघि नै प्रत्यूत्तर बेलायती रक्षा मन्त्रालयमा पठाउने वचन दिनुभएको छ । राजदुत आचार्यले सो जवाफ नेपाल सरकारका तर्फबाट भविष्यमा वार्तामा बस्नका लागि आधार बन्ने पनि बताउनुभएको छ ।
आजको छलफलमा राजदुत आचार्यले वार्ता जारी भइरहेको बेलामा आन्दोलनका कार्यक्रम नल्याउन गोरखाहरूलाई आग्रह गरेका थिए ।
बैठकमा गोरखा सत्याग्रह संघर्ष समितिले आफूहरूको केन्द्रीय समितिको निर्णयअनुसार आन्दोलनमा जाने जानकारी गराएका थिए भने गेसोका प्रतिनिधिले भने वार्ता जारी रहुन्जेल आन्दोलनमा जान नहुने तर्क गरेका थिए ।
आजको छलफलमा दुई सरकारबीच भइरहेको वार्तामा बेलायती पक्षले सोधेका जिज्ञासाहरूको जवाफ आधिकारिक रूपमा नेपाली राजदुतमार्फत नेपाल सरकार र बेलायत सरकारलाई पठाउने पनि समझदारी भएको छ ।
छलफलमा गोरखा संयुक्त संघर्ष समितिबाट संयोजक कृष्णबहादुर राई, गेसोबाट सभापति कृष्णकुमार राई र यमबहादुर गुरुङ, ब्रिटिश नेपाल भूतपूर्व सैनिक संघ (बिजीनेसा)बाट सभापति केशबहादुर गुरुङ, ब्रिटिश गोरखा वेलफेयर सोसाइटीबाट अध्यक्ष मेजर रिटायर्ड टिकेन्द्रदल देवान, मेजर रिटायर्ड उदयबहादुर गुरुङ, वार्ताकारहरू मेजर रिटायर्ड जुदबहादुर गुरुङ र धर्मबहादुर तामाङ, अनसनकर्ताहरू धन गुरुङ र पुष्पा राणा घले लगायत सहभागी थिए ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय