लण्डन । कलाकार पी सिंहको ‘नेपाल यात्रा’ कला प्रदर्शनीको आठौं संस्करण बेलायतको रेडिङमा सम्पन्न भएको छ ।
२९ र ३० जुनमा ‘द रोजिएट होटल’ मा आयोजित प्रदर्शनीमा कलाकार सिंहका विभिन्न मनमोहक ऐक्रेलिक पेन्टिङहरू प्रस्तुत गरिएको थियो जसमा नेपालको प्राकृतिक दृश्य, संस्कृति, सम्पदालगायत वन्यजन्तुको कलात्मक रूपमा चित्रण गरिएका कलाकृतिहरू राखिएको थियो ।
बेलायत, कतार र नेपालका विभिन्न ठाउँहरूमा कला प्रदर्शनी गरिसकेका कलाकार सिंह आफ्ना चित्रहरूमार्फत नेपाली संस्कृतिको प्रवर्धन गर्न चाहन्छन् ।
प्रदर्शनीपछि प्रतिक्रिया दिँदै कलाकार सिंह भन्छन्, “हेल्भेट आर्ट प्रर्दशनीमा मेरा कलाकृतिहरूमार्फत नेपाललाई प्रतिनिधित्व गर्न पाउँदा म निकै उत्साहित छु । दुई दिने प्रदर्शनीमा सयौं कलाप्रेमी आगन्तुकहरूलाई नेपाली कला, संस्कृति, र प्राकृतिक दृश्यहरू देखाउन पाउनु वास्तवमै रोमाञ्चक थियो ।”
उनले नेपाली कलाकृतिहरूप्रति आगन्तुकहरूको उत्साहजनक प्रतिक्रिया पाएको बताए ।
लन्डनको एसएमबीसी बैंकमा कार्यरत सफ्टवेयर इन्जिनियर सिंह आफ्नो खाली समयमा चित्रहरु कोर्छन् ।
“हेल्भेट आर्ट प्रर्दशनीले धेरै देशका कलाकारहरूको प्रदर्शनी गरिसकेको छ र हामी नेपालका कलाकृतिहरू प्रदर्शन गर्न पाउँदा निकै रोमाञ्चित भयौं,” हेल्भेट आर्ट प्रर्दशनीका संयोजक इना वार्सले भनिन् ।
नेपालको सांस्कृतिक सम्पदा र पर्वतहरू झल्काएका कलाकृतिहरूको प्रर्दशनीमा आएका कलाप्रेमी आगन्तुकहरूले सराहना गरे । कलाकृतिहरूले सहकर्मी कलाकारहरूको ध्यान पनि खिच्न सफल भयो ।
“यहाँ सहभागी कलाकारको रूपमा म नेपाली कलाकृतिहरू देखेर निकै खुशी छु जसले मलाई मेरो युवाकालमा नेपालमा गरेको पदयात्राका सम्झनाहरू फर्काइदियो,” ब्रिटिश कलाकार जोनाथन क्रफोर्डले भने ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा