लण्डन । कलाकार पी सिंहको ‘नेपाल यात्रा’ कला प्रदर्शनीको आठौं संस्करण बेलायतको रेडिङमा सम्पन्न भएको छ ।
२९ र ३० जुनमा ‘द रोजिएट होटल’ मा आयोजित प्रदर्शनीमा कलाकार सिंहका विभिन्न मनमोहक ऐक्रेलिक पेन्टिङहरू प्रस्तुत गरिएको थियो जसमा नेपालको प्राकृतिक दृश्य, संस्कृति, सम्पदालगायत वन्यजन्तुको कलात्मक रूपमा चित्रण गरिएका कलाकृतिहरू राखिएको थियो ।
बेलायत, कतार र नेपालका विभिन्न ठाउँहरूमा कला प्रदर्शनी गरिसकेका कलाकार सिंह आफ्ना चित्रहरूमार्फत नेपाली संस्कृतिको प्रवर्धन गर्न चाहन्छन् ।
प्रदर्शनीपछि प्रतिक्रिया दिँदै कलाकार सिंह भन्छन्, “हेल्भेट आर्ट प्रर्दशनीमा मेरा कलाकृतिहरूमार्फत नेपाललाई प्रतिनिधित्व गर्न पाउँदा म निकै उत्साहित छु । दुई दिने प्रदर्शनीमा सयौं कलाप्रेमी आगन्तुकहरूलाई नेपाली कला, संस्कृति, र प्राकृतिक दृश्यहरू देखाउन पाउनु वास्तवमै रोमाञ्चक थियो ।”
उनले नेपाली कलाकृतिहरूप्रति आगन्तुकहरूको उत्साहजनक प्रतिक्रिया पाएको बताए ।
लन्डनको एसएमबीसी बैंकमा कार्यरत सफ्टवेयर इन्जिनियर सिंह आफ्नो खाली समयमा चित्रहरु कोर्छन् ।
“हेल्भेट आर्ट प्रर्दशनीले धेरै देशका कलाकारहरूको प्रदर्शनी गरिसकेको छ र हामी नेपालका कलाकृतिहरू प्रदर्शन गर्न पाउँदा निकै रोमाञ्चित भयौं,” हेल्भेट आर्ट प्रर्दशनीका संयोजक इना वार्सले भनिन् ।
नेपालको सांस्कृतिक सम्पदा र पर्वतहरू झल्काएका कलाकृतिहरूको प्रर्दशनीमा आएका कलाप्रेमी आगन्तुकहरूले सराहना गरे । कलाकृतिहरूले सहकर्मी कलाकारहरूको ध्यान पनि खिच्न सफल भयो ।
“यहाँ सहभागी कलाकारको रूपमा म नेपाली कलाकृतिहरू देखेर निकै खुशी छु जसले मलाई मेरो युवाकालमा नेपालमा गरेको पदयात्राका सम्झनाहरू फर्काइदियो,” ब्रिटिश कलाकार जोनाथन क्रफोर्डले भने ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय