
लण्डन । तनहुँ समाज युकेको वार्षिक समर भेला सम्पन्न भएको छ ।
सामुयल कोडी स्पोर्टस कलेज फार्नब्रोमा शनिबार भएको भेला समाजका अध्यक्ष केशरबहादुर रानाको अध्यक्षता र नेपाली दुताबास लण्डनका द्वीतीय सचिव रामबाबु नेपालको प्रमुख आतिथ्यतामा भएको थियो ।
महासचिव बोधविक्रम थापाले सन्चालन गरेको कार्यक्रममा कार्यक्रममा संयोजक तथा उपाध्यक्ष सान्त गुरुङले स्वागत मन्तब्य दिएका थिए । कार्यक्रममा प्रमुख अतिथि नेपाल र समाजका वरिष्ठ सल्लाहकार मेजर रिटायर्ड कुलबहादुर थापामगरले मन्तब्य दिएका थिए ।
कार्यक्रममा आजिवन सदस्यहरूलाई प्रमाण पत्र वितरण गरिएको थियो भने शैक्षिक तथा करियरमा सफलता र प्रोमोसन पाउनुहुने महानुभावहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न संघसंस्थाबाट अतिथि निम्त्याइएको थियो र ती अतिथिहरूमध्ये तमु प्हेलु युकेका अध्यक्ष डेमबहादुर गुरुङले शुभकामना दिनुभएको थियो । यस्तै, मिछुर्लुङमा आयोजित प्रत्यक्ष कौरा प्रतिष्पर्धामा सहयोग गर्नेहरूलाई कार्यक्रममा प्रशंसापत्र प्रदान गरिएको थियो ।

साँस्कृतिक कार्यक्रमको सन्चालन मनसुधन थापा र यम थापाले गरेका थिए भने मोहनसिंह थापा, कुमार राना, याङ्का आले लगायतको टोलीले तनहुँमा प्रचलित खैँजडी बजाउँदै प्रत्यक्ष कौरा गाउने र नाच्ने गरेका थिए ।
नेपालबाट आएका कलाकारहरू सम्झना लामिछाने, राजु ढकाल, अस्मिता राना र सविता परियारले गीत र नृत्य प्रस्तुत गरेका थिए भने बेलायतमै रहेका तनहुँका कलाकारहरू पवन राना र मनसुधन थापाले गीत गाएका थिए । समाजका सदस्यहरूका छोरीहरु रोनिसा आले, अर्चना गौतम, समर्धा र छेनामले पनि नृत्य देखाएका थिए ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय