लन्डन । गठन भएको वर्ष दिन पनि नबित्दै नेपलिज वुमन एसोसिएसन यूकेको समाजसेवा तीव्र छ । महिला सशक्तिकरणमा बल पुग्ने विभिन्न कार्यक्रम गरिसकेको उक्त संस्थाले भूकम्प पीडितदेखि जेलमा रहेका वालवालिकाको समेत सहयोग गरेको छ ।
एसोसिएसनले हालैमात्र प्रिजनर्स एसोसिएसन नेपाललाई अढाई लाख रुपैयां पठाएको एसोसिएसनकी कोषाध्यक्ष सितु खरेलले जनाइन् । केही महिनाअघि च्यारिटी गरि संकलित रकम प्रिजनर्स असिस्टेन्स् नेपालकी संरक्षक इन्दिरा रानालाई पठाइएको हो । उक्त च्यारिटीमा गायक योगेश्वर अमात्यले एक लाख रुपैयां, चेल्सी एण्ड केन्जिंटन बरो काउन्सिल मेयरले ५ सय पाउण्ड लगायत अन्य दाताबाट रकम संकलन भएको थियो ।
यसबाहेक लन्डन दूतावासमार्फत प्रधानमन्त्री राहत तथा उद्दार कोषमा एकहजार पाउण्ड दिइसकेको उक्त एसोसिएसनले भूकम्प पीडितको सहयोगार्थ आगामी २२ जुलाईमा दूतावासमै फेरि एक च्यारिटी गर्ने भएको छ । कोषाध्यक्ष खरेलले उक्त च्यारिटीमा सहभागी भएर भूकम्प पीडितलाई सहयोग गरिदिन आग्रह गरेकी छिन् ।
एसोसिएसनकी अध्यक्ष आरती श्रेष्ठले अप्ठेरो परिस्थितिमा सहयोग गर्नु आफूहरुको दायित्व भएको बताइन् ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते