
लन्डन । लन्डनको नर्थवेष्ट आसपासमा नेपाली र अन्य समुदायलाई सेवा दिंदै आएको योर ड्राइभिङ स्कुलले भूकम्प पीडितका लागि आर्थिक सहयोग गरेको छ । स्कुलले शुक्रबार ब्लु अर्किड रेष्टुरेन्टमा एक च्यारिटी डिनर गरि संकलित रकम एकहजार २९५ पाउण्ड नेपाली दूतावासमार्फत पीडितलाई प्रदान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथी लन्डनस्थित नेपाली दूतावासका थर्ड सेक्रेटरी बाबुकाजी डंगोललाई उक्त रकमको चेक हस्तान्तरण गरिएको हो । हस्तान्तरण गरिएको रकम दूतावासमार्फत प्रधानमन्त्री राहत कोष पुग्नेछ ।
स्कुलका सदस्य तथा अन्य आमन्त्रित गरि करिब एकसय ५० जना सहभागी च्यारिटी डिनरमा प्रमुख अतिथी डंगोल र स्कुलका वरिष्ठ सदस्य प्रसाद थेवेले भूकम्पमा दिवंगतहरुको सम्झनामा दीप प्रज्वलन गरेका थिए । उक्त अवसरमा स्कुलका सदस्य होमराज विष्टले स्वागत मन्तव्य सहित कार्यक्रम सञ्चालन गरेका थिए ।
हाल दश दक्ष सदस्य रहेको उक्त स्कुलले भविष्यमा पनि यस खालका सामाजिक काम गर्ने प्रण गरेको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते