
लण्डन । तनहुँ समाज युकेको ग्रीष्मकालिन वार्षिक भेटघाट जुन २२ शनिबारका दिन फार्नब्रोमा हुने भएको छ ।
सामुयल कोडी स्पोर्टस कलेजमा हुने सो भेटघाटमा नेपालबाट आएका कलाकारहरू राजु ढकाल, सम्झना लामिछाने र सविता परियारले गाउने छन् भने अस्मिता रानाले नृत्य प्रस्तुत गर्ने बताइएको छ । साथमा बेलायतमै रहेका तनहुँका चर्चित कलाकारहरू मनसुधन थापा, पवन रानाले पनि कार्यक्रमलाई मनोरन्जनात्मक बनाउने छन् ।
बेलायतका स्थानीय कलाकारहरू सविता राना, रोनिशा आलेले पनि कार्यक्रममा प्रस्तुति दिने बताइएको छ ।
तनहुँ समाज युकेले हरेक वर्षको समरमा बेलायतमा रहेका तनहुँबासीहरुबीच वार्षिक भेला आयोजना गर्दै आएको छ । यसवर्षको भेला १७औँ भेला रहेको अध्यक्ष केशरबहादुर रानाले बताए ।
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु