
लण्डन । ग्रेटर रसमोर नेपाली कम्युनिटी (जीआरएनसी) को संयोजनमा चलिरहेको कुराकानी कार्यक्रमले १०० औँ श्रृंखला पार गरेको छ ।
सो अवसरमा जीआरएनसीले कार्यक्रममा सहयोग पुर्याउने व्यक्तिहरुलाई प्रमाण पत्र र खादाद्वारा सम्मान गरिएको छ ।
कार्यक्रमको जन्मदाता जीआरएनसीकी उपाध्यक्ष मेन्टल हेल्थ नर्स सुष्मा गुरुङ र निरन्तर सहयोग पुर्याउँदै आउनुभएका जीआरएनसीका उपाध्यक्ष डा विशाल गुरुङप्रति र प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्याउने सम्पूर्णलाई अध्यक्ष मन गुरुङले धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रम संयोजक उपाध्यक्ष सुष्मा गुरुङले हेल्थ एण्ड सेफ्टीबाट र कार्यक्रम उपसंयोजक उपाध्यक्ष डा विशाल गुरुङले स्वागत मन्तब्य दिनु भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि र अतिथिहरुले आफ्नो मन्तब्य राख्नु भएको थियो भने अध्यक्ष गुरुङले धन्यवाद ज्ञापन गरेका थिए ।
उक्त कुराकानी कार्यक्रम चलाउन संचालकद्वयले दुई वर्ष बिना पारिश्रमिक खट्नुभएको छ । त्यसैगरी स्वास्थ्यविज्ञहरुले पनि कार्यक्रममा उपस्थित भएर विभिन्न जिज्ञासाको जवाफ बिना शुल्क दिनुभएको छ । वयोवृद्ध आमाबाबा र सम्पूर्ण सरोकारवालाहरुको प्रतिक्रिया, विचार र सहयोगले आउने दिनमा पनि श्रृंखला अझ उत्कृष्ट बनाउँदै जानुपर्ने सुझाव पनि सो अवसरमा दिइएको थियो ।
कार्यक्रममा अल्डरसट हेल्थ सेन्टरको मेन्टल हेल्थका लाइन म्यानेजर प्रमुख अतिथि र डाक्टरहरु, नर्स, डेन्टिस्, फार्मेसिस्ट, पोषणविद्, सामाजिक कार्यकर्ता, योग गुरु, सामाजिक अभियन्ता, नेपाली आमा बाबाहरुको कार्यक्रममा उपस्थिति थियो ।
अन्त्यमा अध्यक्ष गुरुंगले शिव कल्चरल एंड कम्युनिटी सेन्ट्रललाई हल उपलब्ध गराइदिनु भएकोमा विशेष धन्यवाद दिए ।

बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा