
लन्डन । नेपाल पत्रकार महासंघ (एफएनजे) बेलायत शाखाको सदस्यता तथा सदस्यता स्थानान्तरका लागि आवेदन दिएका करिब ३० जना आवेदकमध्ये तीन जनालाई मात्र सदस्यता कायम गरिएको छ ।
शाखाका शाखा अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा विहिबार बेलुका सम्पन्न कार्यसमिति बैठकले नवीकरणतर्फ ३७ , नयाँ आवेदनतर्फ दुई र स्थानान्तरणमा एक गरी जम्मा ४० आवेदन स्वीकृत गर्दै केन्द्रमा सिफारिश गर्ने निर्णय गरेको हो ।
नयाँ सदस्यता पाउनेहरुमा गोर्खा मिडियाका प्रकाश गुरुङ र नेपाली समाचारका सम्पादक अमित थेवे छन् भने सदस्यता स्थानान्तरण स्वीकृत हुनेमा देवी गौतम रहेका छन् । गौतम शाखाका पूर्व कोषाध्यक्ष पनि हुन् । उनी केही समय नेपाल गई फेरि बेलायत फर्किएका हुन् ।
प्रत्यक्ष र भर्चुअल दुई माध्यममा सिंगो कार्यसमितिको शतप्रतिशत सहभागिता रहेको बैठकले सदस्यता आवेदनका सम्बन्धमा सर्वसम्मतिले निर्णय गरिएको शाखाले जनाएको छ ।
यसअघि सदस्यता नविकरण, नयाँ सदस्यता र सदस्यता स्थानान्तरणका लागि शाखाले तोकेको समयसीमाभित्र ७० वटा आवेदन प्राप्त भएको शाखाले जनाएको छ । जसमा २२ वटा नयाँ सदस्यताका लागि र ५ वटा स्थानान्तरणका लागि थिए । प्राप्त आवेदनहरुबाट प्रक्रिया र योग्यता पुगेका आवेदनहरु मात्र स्वीकृत गरिएको महासचिव नरेन्द्र बस्नेतले जानकारी दिए ।
बैठकले शाखाको छैठौं अधिवेशन जुलाई १४ तारिख आइतबारका दिन अल्डरसटमा गर्ने निर्णय गरेको छ । नयाँ कार्यसमितिको निर्वाचनका लागि बैठकले शाखाका निवर्तमान अध्यक्ष नरेश खपांगीमगरलाई संयोजक तोकेको छ । कार्यसमितिसंगको परामर्शमा निर्वाचन समितिका बाँकी सदस्यहरु चयन गर्ने जिम्मा संयोजक खपांगीमगरलाई नै दिने निर्णय गरिएको छ ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय