
लण्डन । लण्डनको बार्नेट बरो काउन्सिलको सर्वपक्षीय प्रतिनिधिमण्डलले साँस्कृतिक सम्बन्ध प्रगाढ बनाउन र दुई शहरलाई नजिकबाट बुझ्नका लागि हालै पोखरा भ्रमण गरेको छ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले निमन्त्रणामा छ सदस्सीय प्रतिनिधिमण्डलले पोखरा भ्रमण गरेको थियो भने प्रतिनिधिमण्डलले आफ्नो खर्च आफैँ ब्यहोरेका थिए । काउन्सिलबाट मितेरी सम्बन्ध भएका नगरमा गरिएको यो पहिलो भ्रमण हो ।
भ्रमण दलमा काउन्सिलरहरु क्यारोलाइन स्टक (उनले बार्नेटको मेयरको प्रतिनिधित्व पनि गरेकी थिइन्), काउन्सिलर लक्ष्य गुरुङ, काउन्सिलर कमल गुरुङ, काउन्सिलर अमर नक्भी (जसले काउन्सिल लिडरको प्रतिनिधित्व गरेका थिए), काउन्सिलर अर्जुन मित्र र डा रिचर्ड स्टक रहेका थिए ।
भ्रमणका लागि काउन्सिलर लक्ष्यबहादुर गुरुङले आफू उपमेयर हुँदा प्रस्ताव गरेका थिए । लक्ष्य गुरुङ र कमल गुरुङ दुवै पोखराबाट लण्डन आएका हुन् ।
बार्नेट काउन्सिल र पोखरा महानगरपालिकाबीच मितेरी सम्बन्ध कायम हुँदा मेयर रहेकी काउन्सिलर क्यारोलाइन स्टकले दुई शहरबीच मितेरी साइनोको अर्थ एक अर्कामा साँस्कृतिक आदानप्रदान र विविध समुदायका बारेमा बुझ्नु रहेको बताइन् । ‘दुई शहरबीचको सम्बन्ध प्रतीकात्मकभन्दा पनि बढी रहेको र बार्नेटबाट आज यति धेरै काउन्सिलरहरु पोखरा आउनु आफूहरु साझा चुनौतीहरु जस्तै दीर्घकालिन विकास र वातावरण संरक्षणमा सहकार्य गर्न र युवा तथा वयस्क उमेरका नागरिकहरुबीच सम्बन्ध बनाउनुको प्रमाण हो’, उनले भनिन् ।
सो अवसरमा दुवै सहरका प्रतिनिधिहरुले शिक्षा, स्वास्थ्य, पर्यटन, पोखरा म्याराथन र दुवै शहरलाई लाभ पुग्ने अवसरहरुका बारेमा छलफल गरेका थिए ।
काउन्सिल लिडरको समेत प्रतिनिधि रहेका काउन्सिलर अमर नक्वीले आगामी दिनमा दुई शहरबीच सहकार्य बढाउने र नागरिकहरुलाई लाभ पुर्याउन नजिक रहेर कार्य गर्ने बताए ।
पोखरा भ्रमणका क्रममा प्रतिनिधिमण्डलले संग्रहालयहरु, ऐतिहासिक स्थलहरु, विश्व शान्ति स्तुप, बेलायती सैनिक क्याम्पका साथै वातावरणीय स्थलहरु, परोपकारी संस्थाहरु, सार्वजनिक सेवाका स्थलहरुको भ्रमण गरेको थियो ।
बार्नेट र पोखरा महानगरपालिकाबीच सन् २०२१ को मे महिनामा मितेरी सम्बन्ध स्थापित भएको थियो । पोखरामा सन् २०२३ मा भएको हवाई दुर्घटनाका बारेमा बार्नेटका मेयर काउन्सिलर एलिसन मुरले पोखराका तत्कालिन मेयरलाई शोक सन्देश पठाएकी थिइन् भने दुर्घटनामा परी मृत्यु हुनेहरुको शोकमा हेण्डन टाउन हलबाहिर झण्डा झुकाइएको थियो ।
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा