
लन्डन । मंगल बुद्ध बिहार बेलायतले २६४८ औं बुद्ध जयन्ती मे २५ तारिख शनिवारका दिन लण्डनको ह्यारो बरो फुटबल क्लबमा एक कार्यक्रम गरी मनाएको छ ।
लन्डन माइन्डफुल्नेस मेडिटेसन सेन्टरका प्रमुख सुमना भन्तेको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रम बिहारका अध्यक्ष ईन्द्रबहादुर पुन, सल्लाहकार कृष्ण दर्लामी, थर्क राना र मगर महिला संघ युकेकी अध्यक्ष बिष्णु श्रीसले संयुक्तरुपमा पानसमा बत्ती बालेर कार्यक्रम शुरु गर्नुभएको थियो । त्यसपछि बुद्धपूजा सम्पन्न गरिएको थियो कार्यक्रममा उपस्थित सुमना भन्ते र ईन्द्रसक भन्तेबाट पञ्चशील ग्रहण गरिएको थियो ।
मंगल बिहारका उपाध्यक्ष टीकाराम दर्लामीले बुद्ध जयन्ती र बुद्ध पात्रोको बारेमा जानकारी गराएका थिए भने सो अवसरमा चार आर्य सत्य र आर्य अष्टांगिक मार्गका बारेमा बिहारका सल्लाहकार कृष्ण दर्लामीले प्रकाश पार्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि सुमना भन्तेले मानसिक अवस्थाले नै सुख र दुःख निम्त्याउने हुँदा सधैं आफ्नो मनलाई सफा राख्नु पर्ने बताउनु भएको थियो । मन सफा भए मात्र राम्रो काम गर्न सकिने भएको हुँदा शील, समाधि र प्रज्ञाको नियमित अभ्यास गर्न आवश्यक रहेको औँल्याउनु भएको थियो । सो अवसरमा यही अगष्ट १४ देखि २५ तारेखसम्म हुन गइरहेको निशुल्क दश दिवशीय विपश्सना ध्यानका बारेमा बिहारका अध्यक्षले जानकारी गराउनु भएको थियो । उक्त निशुल्क ध्यान बेलायतस्थित हेरफोर्डशायरमा अवस्थित धम्म दिपा ध्यान केन्द्रमा हुनेछ भने ध्यान नेपाली र हिन्दी भाषामा गराइनेछ । धम्म दिपा ध्यान केन्द्रको वेबसाइड www.dhamma.orgमा अनलाइन आवेदन फाराम खुल्ला भैसकेको र अगष्टमा हुने उक्त ध्यानमा ६४ जना महिला र ६४ जना पुरुषले भाग लिनसक्ने बताइएको छ ।
अखिल नेपाल भिक्षु महासंघद्वारा संचालित बौद्ध परियती शिक्षाको मगल बुद्ध बिहार युके परिक्षा केन्द्रबाट परीक्षामा सामेल भई कक्षा १ देखि कक्षा ५ सम्मको परीक्षा उत्तीर्ण गर्ने विद्यार्थीहरुलाई सो अवसरमा प्रमाणपत्र र पाठ्यपुस्तक वितरण गरिएको थियो । बौद्ध परियती शिक्षाको आगामी कक्षा सन्चालन र परीक्षाका बारेमा पनि बिहारका अध्यक्षले जानकारी गराएका थिए । परियती शिक्षा लुम्बिनी बौद्ध विश्वविद्यालयबाट समेत मान्यता प्राप्त शिक्षा हो । परियती शिक्षा बिहारले अन्लाइनबाट निशुल्करुपमा अध्यापन गराउँदै आएको छ ।
मंगल बुद्ध बिहारका अध्यक्ष ईन्द्रबहादुर पुनको सभापतित्वमा भएको कार्यक्रमको सन्चालन बिहारका सचिव जगत बहादुर आलेले गरेका थिए भने कार्यक्रममा स्वागत मन्तब्य टीकाराम दर्लामीले गर्नु भएको थियो । कार्यक्रम बौद्ध परम्पराअनुसार पुन्यानुमोदन गरेर समापन गरिएको थियो ।
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा