
लन्डन । सन् २०२४ को पहिलो पाँच महिनामा १० हजारभन्दा बढी आप्रवासीहरू साना डुङ्गामार्फत समुद्र पार गरेर बेलायत पुगेका बेलायतको सरकारी तथ्याङ्कले देखाएको छ ।
कन्जरभेटिभ पार्टीका नेता तथा प्रधानमन्त्री ऋषि सुनकले प्रधानमन्त्रीमा चुनिएलगत्तै गरेको पाँच प्रतिवद्धतामा आप्रवासी नियन्त्रण पनि एक थियो । सरकारको कठोर नीतिका वावजूद समुद्री मार्गबाट बेलायत भित्रिने आप्रवासीहरूको संख्या भने गत वर्षभन्दा बढेको छ । बेलायत गृह मन्त्रालयको तथ्याङ्कअनुसार सन् २०२४ सम्म समुद्री बाटो भएर अवैधरूपमा बेलायतको विभिन्न भूभागमा प्रवेश गर्ने व्यक्तिको सङ्ख्या १० हजार १७० पुगेको छ । यो सङ्ख्या गत वर्षको यही अवधिमा रेकर्ड गरिएको सङ्ख्याको तुलनामा ३५ प्रतिशतले बढी हो ।
सन् २०२४ को पहिलो पाँच महिनामा समुद्री मार्गबाट बेलायत आउने कागजविहीन आप्रवासीको सङ्ख्या यसअघिको तुलनामा उच्च रहेको थियो ।
सुनकले जुलाई ४ को लागि आम निर्वाचनको आह्वान गर्नुभएको अवस्थामा सार्वजनिक यस तथ्याङ्कले आप्रवासी समस्या यो निर्वाचन अघि नै ठूलो मुद्दाको रूपमा देखिएको छ ।
मुख्य विपक्षी लेबर पार्टीले हजारौं शरणार्थीहरूलाई जबरजस्ती रुवान्डामा निर्वासित गर्ने उहाँको प्रमुख योजना मतदानको दिन अघि सुरु नहुने र यो विवादास्पद योजना खारेज गर्ने प्रतिवद्धता गरेको छ ।
लेबरले आप्रवासीको स्तर धेरै उच्च रहेको बताउँदै सानो डुङ्गामा अवैध बाटोबाट यात्रा गरी लाभ उठाउने तस्कर तथा अन्य गिरोहहरूमाथि कारबाही गर्ने बताएको छ ।
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा