लन्डन । आठौं गणतन्त्र दिवसका अवसरमा २९ मे २०१५ मा सार्वजनिक दोस्रो विश्वब्यापी खुल्ला कविता प्रतियोगिता २०१५ को नतिजामा पांचथरका सन्देश सुब्बा प्रथम भएका छन् । सुब्बा ११४ प्रतियोगीलाई पछि पार्दै प्रथम भएका हुन् ।
विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको आयोजना र विभिन्न ६ साहित्यिक संस्थाको सह आयोजनामा सम्पन्न विश्वब्यापी प्रतियोगितामा कोरियामा रहेका शंकर निरौला निरक्षर दोस्रो र काठमाडौंका कवि प्रथा तेस्रो बन्न सफल भएका छन् । त्यस्तै उत्कृष्ट महिलामा यूकेकी भावना ‘परिष्कृत’ सुनुवार र भाषाभाषी तर्फ मैथिलीमा पुनम ठाकुर पुरस्कृत भए । भाषाभाषी अन्तर्गत राई वान्तवा, लिम्बु, सुनुवार, मगर र मैथिली भाषाका कविताहरु समाविष्ट थिए । एकै भाषाको ८ भन्दा बढि प्राप्त भएकालाई मूल्याङ्कन गरि पुरस्कृत गरिएको हो ।
प्रथम, दोस्रो र तेस्रो हुने श्रष्टाले क्रमशः नगद रु २० हजार, १० हजार, ५ हजार र उत्कृष्ट द्धयले ५, ५ हजार नगद सहित प्रमाणपत्र प्राप्त गर्नेछन् भने उत्कृष्ट २० कविता चाइनीज र हिन्दीमा अनुवाद गरि कृति प्रकाशन गरिने महासंघले जनाएको छ । विजयीहरुलाई अनुकुल समयमा कार्यक्रम गरि पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा नेपालका २८ जिल्ला र १३ मुलुकबाट जम्मा १३४ ले सहभागिता जनाएका थिए । साहित्य महासङ्घले सन् २०११ मा प्रथम विश्वब्यापी कविता प्रतियोगिता आयोजना गरेको थियो ।
साहित्य महासङ्घका केन्द्रीय अध्यक्ष विश्वास दीप तिगेलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अमेरिकाबाट पूर्व अध्यक्ष डा. मधुमाधुर्य, रसियाबाट सल्लाहकार कृष्णप्रकाश श्रेष्ठ, यूकेबाट डा. कविताराम श्रेष्ठले गणतन्त्र दिवसको शुभकामना तथा विजयी कविहरुलाई बधाई दिए । प्रतियोगिताको नतिजा उपाध्यक्ष सुरेन्द्र लिम्बुले घोषणा गरेका थिए भने कविताहरु भारत सिक्किमबाट डा. राजेन्द्र भण्डारी, डा. कविता लामा र काठमाडौंबाट युवा कविहरुको प्रतिनिधित्व गर्दै ठाकुर वेल्वासेले मूल्याङ्कन गरेका थिए । मूल्याङ्कनकर्ताहरु पूर्ण गोप्य थिए भने उनीहरुले दिएको अंकको जोडफल आधारमा विजयी चयन भएका हुन् । पहिलो चरणको मूल्याङ्कन सुर्खेतबाट खगेन्द्र अधिकारी ‘अमृत’ र इजरायलबाट सुनिता राई लिम्बुले गरेका थिए । समारोहमा एक दर्जन कविले आ आफ्नो सिर्जना वाचन पनि गरे ।
गत बैशाख १ गते सार्वजनिक गर्ने कार्यक्रम महाभूकम्पका कारण एक महिना पछि सरेको थियो । महाभूकम्पमा परेकाको उद्धार र राहतमा उत्कृष्ट काम गर्नेलाई साहित्य महासङ्घले नगद ५० हजार रुपैयां राशीको पुरस्कार घोषणा गरिसकेको छ । उद्धार कार्यमा उत्कृष्ट काम गर्ने ब्यक्तिको छनौटका लागि नामहरु संकलन शुरु गरिएको अध्यक्ष तिगेलाले जानकारी दिए । तिगेलाले प्रतियोगितामा विजयी श्रष्टा, सम्पूर्ण सहभागी, प्रायोजक लगायत सबै सहयोगीलाई धन्यवाद समेत दिएका छन् । बैठक ताइवानबाट महासचिव डा. लेखनाथ काफ्लेले संचालन गरेका थिए ।
साहित्य महासङ्घका विश्वभर १७ मुलुकमा २४ शाखा छन् । प्रतियोगितामा सहभागी भएका कविताहरु साहित्य महासङ्घको वेवसाइट जिएफएनएलडटअर्गमा कविको आफ्नै स्वरमा सुन्न, पढ्न र हेर्न सकिन्छ ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च