
लण्डन । पूर्व गोरखा सैनिक भीम सारुमगर पूर्व गोरखाहरूको बाक्लो बसोबास रहेको बेलायतको ननिटन र बेडवर्थ काउन्सिलको उपमेयर निर्वाचित भएका छन् ।
काउन्सिलको बुधबार सम्पन्न बैठकले सारूलाई सर्वसम्मतरूपमा उपमेयरमा निर्वाचित गरेको हो।
सारूलाई उपमेयरमा काउन्सिलर क्याथ प्राइसले प्रस्ताव गरेकी थिइन् भने निकोला किङले समर्थन गरेकी थिइन् ।
बैठकले काउन्सिलर क्रिस वाटकिन्सलाई काउन्सिल लिडर र बिल ह्यानकक्सलाई मेयर निर्वाचित गरेको छ । मेयर पदमा भने चुनाव भएको थियो ।
निर्वाचित मेयर, उपमेयर, काउन्सिल लिडर सबै लेबर पार्टीका काउन्सिलरहरू हुन् ।
मे २ मा सम्पन्न चुनावमा सो काउन्सिलमा लेबर पार्टीले बहुमत हासिल गरेको थियो । लेबरबाट २० जना काउन्सिलर निर्वाचित भएकोमा दुई जनाले उपमेयरका लागि आकांक्षा राखेपछि पार्टीभित्र आन्तरिक चुनाव भएकोमा सारूले जित हासिल गरेका थिए ।
मेयर र उपमेयरको कार्यकाल एक वर्षको हुने गरेको छ । हालको उपमेयर अर्को साल स्वत मेयर हुने प्रावधान रहेको छ ।

एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा