
लण्डन । पूर्व गोरखा सैनिक भीम सारुमगर पूर्व गोरखाहरूको बाक्लो बसोबास रहेको बेलायतको ननिटन र बेडवर्थ काउन्सिलको उपमेयर निर्वाचित भएका छन् ।
काउन्सिलको बुधबार सम्पन्न बैठकले सारूलाई सर्वसम्मतरूपमा उपमेयरमा निर्वाचित गरेको हो।
सारूलाई उपमेयरमा काउन्सिलर क्याथ प्राइसले प्रस्ताव गरेकी थिइन् भने निकोला किङले समर्थन गरेकी थिइन् ।
बैठकले काउन्सिलर क्रिस वाटकिन्सलाई काउन्सिल लिडर र बिल ह्यानकक्सलाई मेयर निर्वाचित गरेको छ । मेयर पदमा भने चुनाव भएको थियो ।
निर्वाचित मेयर, उपमेयर, काउन्सिल लिडर सबै लेबर पार्टीका काउन्सिलरहरू हुन् ।
मे २ मा सम्पन्न चुनावमा सो काउन्सिलमा लेबर पार्टीले बहुमत हासिल गरेको थियो । लेबरबाट २० जना काउन्सिलर निर्वाचित भएकोमा दुई जनाले उपमेयरका लागि आकांक्षा राखेपछि पार्टीभित्र आन्तरिक चुनाव भएकोमा सारूले जित हासिल गरेका थिए ।
मेयर र उपमेयरको कार्यकाल एक वर्षको हुने गरेको छ । हालको उपमेयर अर्को साल स्वत मेयर हुने प्रावधान रहेको छ ।

तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय