
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले खैबा कर्म सुनाम लामालाई बिदाई गरेको छ ।
गत जनवरीबाट गुम्बामा रहेर भक्तजनहरुको सेवा गर्दै आएका खैबालाई गत सोमबार बिदाई गरेको हो । काठमाण्डौंस्थित सेचेन गुम्बाको थान्का चित्र कलाकार समेत रहेका खैबा लामालाई बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङ तथा आमा प्रमुख जगना गुरुङलगायत कार्यसमिति, भक्तजन र आमाहरुले खादा लगाई बिदाई गरे ।
यसअघि गत १३ अप्रिलका दिन सिंगो कार्यसमिति, आमाहरु, शुभचिन्तक एवं भक्तजनहरुको बिशेष उपस्थितिमा औपचारिक रुपमा बिदाई गरिएको थियो । सो औपचारिक बिदाईमा बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङले मायाको चिनो प्रदान गरेका थिए । त्यस्तै, सो अवसर खैबा कर्मले बेलायत बसाईको क्रममा आफूले पाएको साथ, सहयोग र मायाको लागि धन्यवाद दिदै गर्दै बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङलाई आफूले कोरेको चित्र उपहारस्वरुप प्रदान गरेका थिए ।
अत्यन्त सरल स्वभावका खैबा लामालाई सोमबार बिहान बीसीसी युकेका प्रमुख लामा खेन्पो कर्म छुल्त्रिम, अध्यक्ष हर्कबहादुर गुरुङ, आमा प्रमुख जगना गुरुङ, आमा उपाध्यक्ष शारदा गुरुङ तथा मिन गुरुङ, जयन्ती गुरुङलगायत गुम्बा परिवारले बिदाई गरेका थिए । त्यस्तै, बीसीसी युकेका प्रमुख लामा खेन्पो कर्म छुल्त्रिम, आमा सहसचिव पवित्र गुरुङ र शुभचिन्तक जयन्ती गुरुङ हिथ्रो एयरपोर्टसम्म बिदाईका लागि पुगेका थिए ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय