
लण्डन । मूलधारका नेपाली मिडियाहरूले समेट्न नसकेका विषयवस्तुलाई भिडियोमार्फत समेट्दै आएको ‘हेर्नेकथा’ टीमसित बेलायतको अल्डरसटमा बेलायतबासी नेपालीहरूले साक्षात्कार गरेका छन् ।
आइतबार दिउँसो एम्पायर हल अल्डरसटमा भएको सो कार्यक्रममा हेर्नेकथाले तयार पारेको र हालसम्म प्रसारण नभएको करिब १ घण्टा १५ मिनेटको ‘हराएका वर्षहरू’ शीर्षकको भिडियो पनि प्रसारण गरिएको थियो ।
घरबाट गलैँचा बुन्न काठमाडौँ गएका एक १० वर्षे किशोर ३५ वर्षसम्म घरबाट बेपत्ता भएको र परिवारसित पुनर्मिलन भएको सो भिडियो हेरेर भावविह्वल नहुने शायदै थिए होलान् ।
सो भिडियो पछि उपस्थित सर्वसाधारणले हेर्ने कथा टीमसित विभिन्न जिज्ञासा राखेका थिए ।
सर्वसाधारणको जिज्ञासाको हेर्नेकथाका परिकल्पनाकारद्वय कमलकुमार र विद्या चापागाइँले जवाफ दिएका थिए ।
नेपाल पत्रकार महासंघ बेलायत सहआयोजक रहेको सो कार्यक्रमको संचालन प्रमिला लाबुङ राईले गरेका थिए भने स्वागत मन्तब्य पत्रकार महासंघ बेलायतका अध्यक्ष ध्रुवराज अर्यालले र धन्यवाद ज्ञापन वरिष्ठ पत्रकार भगिरथ योगीले गरेका थिए ।
हेर्नेकथा टीमले शनिबार सोआस युनिभर्सिटी लण्डनमा अन्तरक्रिया गरेको थियो भने बेलायतका अन्य भागहरू केन्ट, म्यानचेष्टर, एडिनबरा लगायतमा अन्तरक्रिया गर्दैछ ।
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा