
लण्डन । मूलधारका नेपाली मिडियाहरूले समेट्न नसकेका विषयवस्तुलाई भिडियोमार्फत समेट्दै आएको ‘हेर्नेकथा’ टीमसित बेलायतको अल्डरसटमा बेलायतबासी नेपालीहरूले साक्षात्कार गरेका छन् ।
आइतबार दिउँसो एम्पायर हल अल्डरसटमा भएको सो कार्यक्रममा हेर्नेकथाले तयार पारेको र हालसम्म प्रसारण नभएको करिब १ घण्टा १५ मिनेटको ‘हराएका वर्षहरू’ शीर्षकको भिडियो पनि प्रसारण गरिएको थियो ।
घरबाट गलैँचा बुन्न काठमाडौँ गएका एक १० वर्षे किशोर ३५ वर्षसम्म घरबाट बेपत्ता भएको र परिवारसित पुनर्मिलन भएको सो भिडियो हेरेर भावविह्वल नहुने शायदै थिए होलान् ।
सो भिडियो पछि उपस्थित सर्वसाधारणले हेर्ने कथा टीमसित विभिन्न जिज्ञासा राखेका थिए ।
सर्वसाधारणको जिज्ञासाको हेर्नेकथाका परिकल्पनाकारद्वय कमलकुमार र विद्या चापागाइँले जवाफ दिएका थिए ।
नेपाल पत्रकार महासंघ बेलायत सहआयोजक रहेको सो कार्यक्रमको संचालन प्रमिला लाबुङ राईले गरेका थिए भने स्वागत मन्तब्य पत्रकार महासंघ बेलायतका अध्यक्ष ध्रुवराज अर्यालले र धन्यवाद ज्ञापन वरिष्ठ पत्रकार भगिरथ योगीले गरेका थिए ।
हेर्नेकथा टीमले शनिबार सोआस युनिभर्सिटी लण्डनमा अन्तरक्रिया गरेको थियो भने बेलायतका अन्य भागहरू केन्ट, म्यानचेष्टर, एडिनबरा लगायतमा अन्तरक्रिया गर्दैछ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा