
लण्डन । पूर्व गोरखा क्याप्टेन भीमबहादुर सारुमगर विहीबार बेलायतमा सम्पन्न स्थानीय निर्वाचनमा काउन्सिलर पदमा निर्वाचित भएका छन् ।
ननिटन एण्ड वेडवर्थ काउन्सिलको सेन्ट मेरिज वडामा लेबोर पार्टीको उम्मेदवार रहेका सारुले ८०९ मत पाएर निर्वाचित भए । उनीसँगै लेबर पार्टीकै जिल सेफर्ड पनि ७९७ मत पाएर काउन्सिलर भइन् ।
उनीहरुका निकटतम प्रतिद्वन्द्वी कञ्जरभेटिभ पार्टीका उम्मेदवारहरुले ३५५ र २९४ मतमा चित्त बुझाउनु परेको छ ।
पाल्पा पुख्र्यौली घर भएका सारु ननिटनमा व्यवसायी तथा सामाजिक अभियन्ताका रुपमा पनि चिरपरिचित छन् । उनको सारु इम्ब्रोडरी नामको व्यवसायका साथै अन्य विभिन्न व्यवसायमा पनि संलग्न छन् ।
उनी ननिटनको ब्रिटिश गोरखा भेट्रान्स (बिजीभीए) को पनि अध्यक्ष रहेका छन् ।
सारु यसअघि सन् २०२२ मा भएको स्थानीय निर्वाचनमा पनि काउन्सिलरको उम्मेदवार थिए तर त्यतिबेला उनी निर्वाचित हुन सकेनन् । यसपटक भने उनी चार वर्षे कार्यकालका लागि निर्वाचित भएका छन् ।
उनले आफ्नो जीतको श्रेय पिता, माता, परिवार र मतदातालाई दिएका छन् ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय