
लण्डन । बेलायतको प्रिजन सर्भिसमा कार्यरत करिब १७ हजार सहकर्मीहरुलाई पछि पार्दै पूर्व गोरखा सैनिक शेरु लिम्बूले वर्षको उत्कृष्ट कर्मचारी (इम्प्लोयी अफ द इयर) अवार्ड पाएका छन् ।
हरेक वर्ष प्रदान गरिने सो अवार्डका साथमा लिम्बूले १ हजार १ सय पाउण्ड नगद पनि पाएका छन् ।
सन् १९८१ मा बेलायती सेनामा भर्ती भएका १० गोरखा राइफल्स २११६४८४३ आर्मी नम्बरका लिम्बूले सन् २००२ मा अनेरी लेफ्टीनेण्ट पदबाट अवकाश पाएका थिए ।
बेलायत आएपछि दोस्रो नोकरीका रुपमा उनले हिज म्याजेष्टी प्रिजन सर्भिस रोचेष्टर केन्टमा सन् २००७ मा अहिलेको करियर शुरु गरेका थिए । जहाँ उनले १८ वर्ष बिताइसकेका छन् ।
यसअघि पनि धेरै पटक इम्प्लोयी अफ द मन्थ लगायतका सानातिना अवार्ड जितेका लिम्बू अबको दुई वर्षमा जागिरबाट अवकाश लिने योजनामा छन् ।
उनले आफ्नो सफलताको श्रेय श्रीमती बाला नायोंग लिम्बुको सरल र राम्रो सहयोगलाई दिएका छन् ।
आशफोर्ड केन्टमा बसोबास गर्दै आएका लिम्बू सगरमाथा गोर्खा/नेपाली समाज आशफोर्ड केन्टको सल्लाहकार एवम खेलकुद निर्देशक पनि हुन् ।
चक्रबहादुर राईबाट
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय