
लण्डन । बेलायतको याल्डिङ्मा किरात याक्थुङ् चुम्लुङ् यूकेको आयोजनामा १५ औ यलम्बरहाङ् कप सम्पन्न भएको छ ।
सो प्रतियोगितामा मेन टिममा १६, भेट्रान टिममा ८ र सुपर भेट्रानमा ४ टिमले भाग लिएका थिए । मेनतर्फ टिडवर्थ वरियर्स र क्यूजी सिग्नल्स फाईनलमा भिडन्त गरेका थिए र सो भिडन्तबाट क्यूजी सिग्नल्स विजेता र टिडवोर्थ वरियर्स उपबिजेता भए ।
मेन अफ बेस्ट खेलाडी मौसम राई क्यू जी सिग्नल्स र बेस्ट गोल स्कोर गर्नेमा चेत गुरुङ् एफसी तोङ्बा भए । विजयी टिमले १ हज़ार पाउण्ड र उपविजयी टिमले ५ सय पाउण्ड नगद राशी प्राप्त गरे ।
भेट्रान टिमबाट क्यूजी मास्टर र ईन्टेक ०४ फाईनलमा भिडन्त गरेका थिए र सो भिडन्तबाट क्युजी सिग्नल्स विजयी भयो भने टिडवोर्थ वरियर्स उपविजेता भयो । बेस्ट खेलाडी बिकास देवान क्यूजी मास्टर र बेस्ट गोल गर्नेमा सोम थापा ईन्टेक ०४ भए । विजयी टिमले ६ सय पाउण्ड र उपविजयी टीमले ३०० पाउण्ड नगद प्राप्त गरे ।
सुपर भेट्रान टिमबाट धरान एफसी र ईलाम एफ्सी फाईनलमा भिडन्त गरेका थिए र सो खेलमा ईलाम एफसी ईलाम विजेता र धरान एफसी उपविजेता भए । बेस्ट खेलाडी लोक लिम्बु ईलाम एफसी र बेस्ट गोलर लेख राई ईलाम एफसी भए । विजयी टिमले ६०० पाउण्ड नगद र उपबिजयी टिमले ३०० पाउण्ड नगद प्राप्त गरे ।
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा