
लन्डन । गोरखा महिलाहरूका बारेमा अनुसन्धान गरिरहेकी अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक सुजाना थापा श्रीस करिब सात साताको बेलायत भ्रमण सकेर नेपाल फर्किएकी छन् ।
एनआरएनए यूकेको निमन्त्रणामा बेलायत आएकी सुजाना सोमबार अपरान्ह नेपाल फर्किएकी हुन् ।
सुजानालाई एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, सल्लाहकार ओम बुढाथाकी र ओसिन थापा काउचाले हिथ्रो एयरपोर्टमा विदाइ गरे ।
सुजानाको बेलायत भ्रमणका निम्ति एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगरले निमन्त्रणा गरेका थिए भने प्रमुख जिम्मेवारी लिएर सबै बन्दोवस्त गर्ने कार्य एनआरएनए यूके अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) सदस्य एवं गोर्खा विभाग प्रमुख ओम थापा काउचाले गरेका थिए ।
बेलायतमा रहंदा सुजानाले यहां रहेका भूतपूर्व गोर्खा सैनिकका श्रीमतिहरुको जीवनी र दिनचर्याको खोजीमा समय बिताइन् ।
सुजाना थापा श्रीमगर दोस्रो विश्वयुद्ध, ब्रुनियो युद्ध, मलाया युद्ध र फकल्याण्ड युद्धमा गोर्खा महिलाको भूमिकाबारेमा अनुसन्धान गर्न बेलायत आएकी थिइन् । विशेष गरि उनले ज्येष्ठ गोर्खा पत्नीहरूको अनुभवमा ध्यान केन्द्रित गरेकी थिइन् ।
बेलायतमा अनुसन्धानका क्रममा उनले आफ्नो परियोजनाका लागि महत्वपूर्ण जानकारी संकलन गरी करिब ८ सय ज्येष्ठ गोर्खाहरूसँग प्रत्यक्ष रूपमा साक्षात्कार गरेको उनले बताइन् ।
यसबाहेक उनले ७५ वर्षभन्दा माथिका २० जना गोर्खा श्रीमतीसँग अन्तर्वार्ता लिइ उनीहरूको अनुभव संकलन गरिन्। ती विवरणहरुका आधारमा उनले निकट भविष्यमा ‘गोर्खा वीमनः एन इको इन द स्टोरी’ वृत्तचित्र एवं चलचित्र निर्माण गर्ने महत्वाकांक्षा राखेकी छन् ।

उनले बेलायतमा रहेका स्थानीय नेपाली समुदाय, विशेषगरी गोर्खा ज्येष्ठ नागरिक र विभिन्न गोर्खा संघसंस्थाबाट उल्लेख्य सहयोग प्राप्त गरेको जनाउंदै सबै सहयोगीप्रति आभार समेत व्यक्त गरेकी छन् । सबैको न्यानो स्वागत र आर्थिक सहयोगले आफ्नो परियोजना सफल बनाउन योगदान पुर्याएको उनले बताइन् ।
उनी डकुमेन्ट्री मेकर, चित्रकार र पत्रकार पनि हुन् । उनले गत नोभेम्बरमा नेपाल आर्ट काउन्सिलमा गोर्खाका श्रीमतीहरूको कथा झल्काउने चित्रकला प्रदर्शनी ‘गोर्खा वीमनः एन इको इन द स्टोरी’ सफलतापूर्वक गरेकी थिइन् । पोट्रेटस, अडियो–भिज्यूअल सामग्री, कलाकृतिहरु आदि समावेश भएको उक्त प्रदर्शनीले धेरै दर्शकको ध्यान खिचेको थियो ।
उनले सन् २०१८ मा ‘भार्सेली गोर्खाः फ्रम स्टोरिज टु पोट्रेटस’ नाममा काठमाडौं, बुटवल र गुल्मीको भार्सेमा एकल चित्रकला प्रदर्शनी पनि गरेकी थिइन् ।
उनको सामूहिक चित्रकला प्रदर्शनी ‘ब्ल्याक एण्ड ह्वाइट’ भने सन् २०१५ मा काष्ठमाण्डप आर्ट स्टुडियोमा भएको थियो ।
‘गाउं आएको बाटो’ (अ रोड टु अ भिलेज) फिचर फिल्ममा पनि उनले आर्ट डिरेक्टरको भूमिका निर्वाह गरेकी थिइन् । हिट्स एफएममा झण्डै ७ वर्ष रेडियो प्रस्तोता समेत भएर काम गरेको अनुभव उनीसंग छ ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय