
लण्डन । नेपालबाट आएकी गायिका निर्जला गुरुङको दमदार प्रस्तुतिका साथमा स्वीण्डनबासी नेपालीले नेपाली नयाँ वर्ष मनाएका छन् ।
अप्रिल ७ तारिख आइतबारको दिन स्वीण्डनस्थित पन्जाबी कम्युनिटी हलमा आयोजित सो कार्यक्रममा नेपाली नयाँ साल २०८१ लाई स्वागत गर्दै मनाइएको थियो ।
बेलायतका मन्त्री रोबर्ट बक्ल्याण्ड सो कार्यक्रमका प्रमुख अतिथि थिए । कार्यक्रमको सञ्चालन नेपाली एसोसिएसन विल्सायरका सचिव जेनिशा थापाले गरेका थिए । उपाध्यक्ष रन्जन मल्लले स्वागत मन्तब्य दिएका थिए भने अध्यक्ष ज्ञानप्रसाद गुरुङ र प्रमुख अतिथि मन्त्री बक्ल्याण्ड्ले नयाँ वर्ष २०८१ को शुभकामना सन्देश दिएका थिए ।
कार्यक्रमलाई रकेट मोर्गेज, वर्ल्ड रेमिट, यति होम्स स्टेट, मम किङ्ग, ग्रेसी ज्वेलर्स स्विण्डन, राजेश दाइ ग्रोसरी चिपेन्हाम, क्याबेण्डिश स्क्वाएर ग्रोसरी स्टोरले प्रायोजन गरेका थिए । सबै प्रायोजकहरुलाई प्रमुख अतिथि मन्त्री बक्ल्याण्डले खादा र प्रसंशा पत्रद्वारा सम्मान गरेका थिए ।
नेपालकी नयाँ पुस्ताकी चर्चित लोकदोहोरी गायिका निर्जला गुरुङको दमदार प्रस्तुतिले धेरैलाई नचाउन सफल भएको थियो ।
हरेक मानिसको मन मुटुमा बस्न सफल गायिका निर्जला गुरुङले गीत गाउन थाले पछि सबै जना उठेर गायिकाको टाउकोमा पैसा सिउरिँदै तँछाडमछाड गर्दै नाचिरहेका थिए । कार्यक्रममा स्थानीय कलाकारहरुले पनि विभिन्न प्रस्तुतिहरु दिएका थिए भने गङ्गा भण्डारीले नयाँ वर्षको शुभकामना सन्देश कविताबाट दिएका थिए ।
नयाँ वर्षको कार्यक्रममा विभिन्न राफल चिट्ठा पनि रखिएको थियो । प्रथम हुनेलाई आधा तोलाको सुन, द्वितीय हुनेलाई १५० पाउण्ड नगद र तृतीय हुनेलाई १०० पाउण्ड नगद पुरस्कार रखिएको थियो ।

एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा