
कोभिडपछि एक्कासी आकाशिएको प्रोपर्टी मार्केट जुलाईबाट क्रमश: बढ्दै गएको मार्गेज रेटको मारमा परी सेलाउँदै गयो । घरजग्गा कारोबारमा मुख्यतया तीन प्रकारका खरीदकर्ता हुन्छन् । पहिलोपटक खरिदकर्ता जसले घर आफ्नो पहिलो बासका रुपमा खरिद गर्छन् । दोस्रोथरिका खरिदकर्ता घरजग्गामा लगानी गर्ने उद्देश्यले खरिद गर्छन् । तेस्रोथरिका क्रेता अर्थात घरजग्गालाई मार्केटको मूल्याङ्कनभन्दा कम दाममा खरिद गर्ने र त्यसलाई मर्मत सम्भार गरी पुन: बिक्री गर्ने गर्दछन् ।
यी मध्येमा घरजग्गा कारोबारलाई हलचल बनाई राख्ने काम मुख्यतया पहिलोपटक घर खरिद गर्ने खरिदकर्ताले गर्दछन् किनभने यिनीहरुले आफ्नो पहिलो बासस्थानको रुपमा किन्न लागेको घर राखिएको मूल्य (आस्किङ प्राइस)मा खरिद गर्न कत्ति पनि हिच्चकिचाउँदैनन् । डिसेम्बर २०२१ मा जिरो प्वाइन्ट १ प्रतिशतमा रहेको बैँक अफ इङ्ल्याण्डको व्याजदर हालको अवस्थामा ५ दशमलव ५ प्रतिशतमा आएर रोकिएको छ । अहिलेको यो ब्याजले १५ वर्ष अघिको रेकर्डलाई जितेर इतिहास तोडेको बताइन्छ ।
यसको मुख्य कारण बेलायतको अर्थतन्त्रमा आएको तरलताको कारण हो। मुद्रास्फितिको रेट उच्च देखिएपछि बैँक अफ इङ्ल्याण्डले व्याजदर बढाएको हो ।
तर अर्थशास्त्रीय दृष्टिकोणले हेर्दा आत्तिहाल्नु पर्ने स्थिति भने होइन । अहिले आकाशिएको व्याजदर घट्दैछ । फलस्वरुप बैकहरुले मोर्गेज रेट विस्तारै घटाउँदै छन् भने हाल धेरैजसो बैँकहरुले व्याजदर घटाएर ४ दशमलव ५ प्रतिशतभन्दा तल झारिसकेका छन् ।
के ५ प्रतिशत डिपोजिट राखी घर खरिद गर्न सकिन्छ ?
सरकारले कम आम्दानी भएका वर्गले पनि आफ्नो घर किन्ने सपना पूरा गर्न सकून् भनेर एउटा स्किम ल्याएको छ जस्मा खरिद कर्ताले घरको मूल्यको ५ प्रतिशत मात्र बैँक डिपोजिट गरेर आफ्नो पहिलो घर खरिद गर्न सक्दछन् । यसप्रकारको ऋणलाई लोन टु भ्यालु (एलटीडब्ल्यू) पनि भनिन्छ । उदाहरणका लागि यदि तपाईंले ९५ प्रतिशत धितो (किन्न लागेको घरको मूल्य) राखेर ३ लाख पाउण्ड बराबरको घर किन्दै हुनुहुन्छ भने तपाईलाई १५ हजार पाउण्ड मात्र डिपोजिट चाहिन्छ र तपाईंले लिने बैँकको ऋण २ लाख ८५ हजार पाउण्ड हुनेछ । तर बुझ्नुपर्ने कुरा के छ भने यो स्किम आफ्नो मुख्यबास स्थान खरिद गर्नका लागी मात्र प्रयोग गर्न सकिने छ ।
यसरी घर खरिद गर्दा सामन्यतया सरकारले तोकेको निम्न मापदण्डहरू पूरा गर्नुपर्ने हुन्छ ।
१) तपाईले खरिद गरेको घर तपाईको पहिलो आवासको रुपमा प्रयोग गर्नुपर्ने छ ।
२) तपाईले खरिद गर्न लागेको घर को मूल्य ६ लाख पाउण्डभन्दा कम हुनुपर्ने छ ।
३) यो ऋनमा तपाईले बैँकको ब्याज मात्र तिर्छु भन्न मिल्दैन ।
४) नयाँ बनेका घरहरु जुनमा सरकार को ५ प्रतिशत डिपोजिट गरी खरिद गर्न मिल्ने स्किम छैन त्यस्ता घर खरिद गर्न मिल्ने छैन ।
के यो घर किन्न ठीक समय हो ?
घरजग्गा कारोवारको एउटा मुख्य वेवसाइट जुप्लाका अनुसार अहिले घरको मूल्य घटेपनि पनि जनवरी २०२४ बाट घरहरु खरीदको माग भने १२ प्रतिशतले वृद्धि भएको छ । यसको कारण आधाभन्दा धेरै मोर्गेज लेन्डरहरुले बैँक अफ इङ्ल्याण्डले तोकेको ब्याज दरभन्दा सस्तो दरमा केही वर्षका निम्ति फिक्स मोर्गेज रेटको अफर गर्न लागेका कारण हाल वृद्धि भए अनुरुपको व्याजदरको सामना गर्नु परेको छैन ।
बेलायतमा गरिएको एउटा प्रोपर्टी एसोसियसनको अध्ययनअनुसार २१ अप्रिल २०२४ मा आउने मुद्रास्फीति सम्बन्धी प्रतिवेदनमा यसको दर अझ घट्ने अनुमान गरिएको छ जसका कारण बैँक अफ इङल्याण्डले पनि स्थीर राखेको व्याजदर घटाउने सम्भावना बलियो देखिन्छ ।
त्यसैले मे, जुनसम्म पुग्दा ग्राफ यस्तो विन्दुमा पुग्न सक्नेछ जुनबेला मोर्गेज रेट अधिकतम घट्ने र घरजग्गाको अहिले घटेको मूल्य क्रमश बढ्न सुरु हुनेछ । जुन बेला घर खरिद गर्दा घटेको मोर्गेज ब्याजदरमा घरको बजार मूल्यभन्दा १० देखि १५ प्रतिशत कममा घर किन्न गरिएको अफर स्वीकार सक्ने देखिन्छ।
 पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ ‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप