
लण्डन । बेलायतको युनिभर्सिटी अफ डण्डीमा प्राध्यापनरत प्राध्यापक डा गोपाल सापकोटालाई बायोसाइन्स विषयमा विश्वमै प्रतिष्ठित अवार्ड प्रदान गरिने भएको छ ।
द बायोमेडिकल सोसाइटीले वर्षेनी प्रदान गर्ने द इन्ड्रष्टी एण्ड अकाडेमिक कोलाब्रेसन अवार्ड यसवर्ष वैज्ञानिक सापकोटालाई प्रदान गरिने भएको हो ।
सन् १९११ मा स्थापना भएको सोसाइटीले बायोसाइन्स, उद्योग र प्राज्ञिक क्षेत्रको बहसमा असाधारण योगदान गर्ने विश्वभरका समूह वा व्यक्तिलाई विभिन्न विधाहरुमा त्रैवार्षिक, द्वैवार्षिक र वार्षिक रुपमा यस्तो अवार्ड प्रदान गर्ने गरेको छ ।
यस वर्ष विश्वभरबाट प्राप्त नोमिनेसनहरुबाट १५ जनाले यस्तो अवार्ड पाउँदैछन् । अवार्डमा नगद राशीसमेत रहेको छ ।
अवार्ड घोषणाको समाचार प्राप्तभएपछि प्राध्यापक सापकोटाले प्रख्यात अवार्ड पाएकोमा हर्ष लागेको बताएका छन् । उनले आफूले कति औषधि निर्माताहरुसित गरेको सहकार्यको कदर भएको बताएका छन् । साथै प्रयोगशालामा कठोर मिहिनेत गर्ने विद्यार्थी र पोष्ट डक्टरेट अभ्यास गर्ने व्यक्तिहरुको वर्षौँको मिहिनेतको पनि कदर भएको बताएका छन् ।
अवार्ड आगामी दिनमा औषधि आविष्कारको सहकार्य गर्न र यस क्षेत्रका सिकारुहरुलाई प्रख्यात औषधि निर्माता कम्पनीहरुसित सहकार्य गर्न प्रेरणा मिल्ने विश्वास उनले व्यक्त गरेका छन् ।
नेपालमा जन्मी, शिक्षादीक्षा पाएका सापकोटा ब्रिटिश काउन्सिलको छात्रवृत्ति पाएर बेलायत आएका थिए । उनले छात्रवृत्तिमा बाथ विश्वविद्यालयमा बायोकेमिष्ट्री विषय अध्ययन गरेका थिए । उनले युनिभर्सिटी अफ डण्डीबाट विद्यावारिधि गरेका छन् भने न्यूयोर्कको स्लोन केटरिङ क्यान्सर सेन्टरमा पोष्ट डक्टरेट गरेका छन् । सन् २००८ देखि युनिभर्सिटी अफ डण्डीमा आएका उनी हाल स्कुल अफ लाइफ साइन्सेजमा प्राध्यापक छन् ।
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा