लण्डन । साहित्यकार तथा नेकपा एमाले नेता प्रदीप नेपालको प्रमुख आतिथ्यमा लण्डनमा हुन लागेको एक साहित्यिक कार्यक्रम नेपालले भिसा नपाएपछि स्थगित हुने भएको छ ।
अन्तर्राष्ट्रिय वाङमय प्रतिष्ठानको आयोजनामा लण्डनमा डायस्पोरामा पारिजात विषयक गोष्ठी र पुरस्कार वितरणमा नेपाललाई प्रमुख अतिथिका रुपमा निम्त्याइएको थियो ।
पटकपटक मन्त्री भइसकेका र यसअघि पनि थुप्रैपटक बेलायत आएका नेपाललाई बेलायतले भिसा नदिएको उनले सामाजिक सन्जालबाट पुष्टि गरेका छन् ।
नेपालले भिसा नपाएपछि कार्यक्रम स्थगित गरिएको जानकारी प्रतिष्ठानका अध्यक्ष विकलचन्द्र आचार्यले दिए ।
उनले विहीबार एक विज्ञप्ति जारी गर्दै साहित्यकार नेपाललाई भिसा नदिँदा नेपाली डायस्पोरा विकासको प्रयासमा अपूरणीय क्षति भएको ठहर गरेका छन् । विज्ञप्तिमा नेपालजस्ता साहित्यकारलाई बिना रोकटोक भिसा दिन पनि बेलायतसित आग्रह गरिएको छ ।
प्रतिष्ठानले वार्षिक रुपमा विशेष समारोह आयोजना गर्ने गरेको छ । प्रतिष्ठानले यसअघि सन् २०१३ मा एकै चोटि ४ वटा किताब प्रकाशन गरेको थियो भने पूर्व सभासद शान्ता चौधरीलाई पुरस्कृत गरेको छ ।
गत वर्ष प्रतिष्ठानले कवि तुलसी दिवसको प्रमुख आथित्यमा विपी कोइरालाको शत वार्षिकी समारोह मनाएको थियो ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च