
काठमाडौँ । बेलायतबासी साहित्यकार कृष्ण बजगाईंका दुई कृति ‘नग्न स्वप्न’(लघुकथा सङ्ग्रह) र ‘युङ्फ्राउ’(नियात्रा सङ्ग्रह)को आज विमोचन गरिएको छ । यी दुवै कृति भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो ।
बेलायतमा कार्यरत वरिष्ठ चिकित्सक डा शम्भु आचार्य, साहित्यकार प्रा डा लक्ष्मणप्रसाद गौतम, प्रा डा लेखप्रसाद निरौला, डा फणीन्द्रराज निरौला, श्रीओम श्रेष्ठ रोदन, लेखक बजगाईं र प्रकाशक केशव पराजुलीले दुवै कृति विमोचन गर्नुभएको हो । आख्यान, नियात्रा र कवितामा कलम चलाउने बजगाईंको नियात्रासङ्ग्रहमा स्वीट्जरल्याण्ड, ग्रिस र पोर्चुगलका २७ वटा यात्रानुभूति समावेश गरिएका छन् । उहाँको लघुकथा सङ्ग्रहमा ६१ कथा समावेश छन् । हाल बेलायतमा बस्दै आउनुभएका साहित्यकार बजगाईंका हालसम्म १७ कृति प्रकाशित भइसकेका छन् ।
कार्यक्रममा समालोचक डा फणीन्द्रराज निरौलाले बजगाईंको नियात्रासङ्ग्रह पारिवारिक भ्रमणको सँगालोमा आधारित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँको यो पाँचौँ नियात्रा कृति हो । यो रोचक र महत्वपूर्ण छ । यसमा उहाँले विभिन्न देशका भ्रमणयात्रा समेट्नुभएको छ । साँस्कृतिक उत्खनन पनि भेटिन्छ ।”
समीक्षात्मक टिप्पणी गर्दै प्रा डा लेखप्रसाद निरौलाले अघिल्लो कृतिभन्दा यो बढी कसिलो रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँको नियात्राले ऐतिहासिक उत्खनन गरेको हुन्छ । नियात्रा पढ्दा लाग्छ उहाँलाई प्राचीन सभ्यताको चिन्ता छ । उहाँको नियात्राले सूचना पनि प्रदान गरिरहेको हुन्छ ।”
बजगाईंका यसअघि ‘संवैधानिक पत्नी’, ‘कवच’, ‘रोडम्याप’, ‘यन्त्रवत्’लगायत लघुकथा सङ्ग्रह प्रकाशित भइसकेका छन् भने नियात्रा सङग्रहमा ‘उमिहोतारु’, ‘भाया साक्रा’, ‘युरेसियाको स्पर्श’ लगायत प्रकाशित भइसकेका छन् ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण