लन्डन । ब्रिटिश सेनामा गोर्खा भर्तीको दुई सय वर्ष गांठका अवसरमा हुने विशेष कार्यक्रममा बेलायती महारानी सहभागी हुने तय भएको छ । रोयल हस्पिटल चेल्सीमा आगामी ९ जुनमा हुने ‘गोर्खा २०० पेजेन्ट’ मा महारानी एलिजावेथ द्धितियासहित शाही परिवारका सदस्यहरुको उपस्थिति हुने भएको हो । कार्यक्रमका अवसरमा महारानी र अन्य शाही सदस्यहरुले आयोजकसहित सेवारत गोर्खा र भेट्रानहरुलाई भेट्ने कार्यक्रम छ ।
दि गोर्खा वेलफेयर ट्रष्टको सहयोगार्थ हुन लागेको उक्त इभेन्टमा डुक अफ एडिनबरा प्रिन्स फिलिप, द प्रिन्स अफ वेल्स् चार्ल्स र प्रिन्स ह्यारीको समेत सहभागिता हुने कार्यक्रम छ । गोर्खा वेलफेयर ट्रष्टले नेपालमा रहेका भूतपूर्व गोर्खाहरुको आर्थिक तथा औषधोपचारमा सहयोग गर्दैै आएको छ ।
ब्रिटिश शाही परिवारका समाचारमा विश्वसनीय ठानिने रोयल सेन्ट्रलका अनुसार, त्यसदिन गोर्खा इतिहास स्मरण र ब्रिगेड अफ गोर्खाज् व्याण्डको प्रस्तुति रहनेछ । उक्त अवसरमा महिनादिन अघि नेपालमा आएको विनाशकारी भूकम्पमा दिवंगत हुनेहरुप्रति श्रद्धाञ्जलि अर्पण समेत गरिनेछ । रानी र प्रिन्स चार्ल्सले डिजास्टर इमर्जेन्सी कमिटी (डिइसी) मार्फत नेपालका भूकम्प पीडितलाई व्यक्तिगत सहयोग समेत गरिसकेका छन् ।
गोर्खाहरुप्रति शाही परिवारको बेग्लै सद्भाव छ । प्रिन्स चार्ल्सले सन् २०१२, अप्रिलमा सर जोन मुर ब्यारेक फोक्सटोनस्थित दि रोयल गोर्खा राइफल्स् रेजिमेन्ट भ्रमण गरेका थिए । प्रिन्स चार्ल्स दि रोयल गोर्खा राइफल्स्का कर्णेल इन चिफ एवं गोर्खा सम्मिलित जि २०० सगरमाथा आरोहण दल, दि गोर्खा वेलफेयर ट्रष्ट र दि ब्रिटेन नेपाल मेडिकल ट्रष्टका संरक्षक समेत हुन् । उता, प्रिन्स ह्यारी दि रोयल गोर्खा राइफल्स् फष्ट बटालियनमा संलग्न रहेर गोर्खाहरुका साथ अफगानिस्तान युद्धमा उत्रिसकेका छन् ।
यसै वर्ष ब्रिटिश सेनामा गोर्खा भर्तीको दुई सय वर्ष पुग्दैछ । यस अवसरमा बेलायत र नेपालमा विभिन्न कार्यक्रम तय भएका छन् । दुई शताव्दीयता गोर्खाहरुले ब्रिटिश फोर्ससंग प्रमुख युद्धमोर्चामा संगै लड्दै आएका छन् ।
प्रथम र दोश्रो विश्वयुद्धमा ४० हजार बढि गोर्खाले ज्यान गुमाइसकेको विश्वास छ । हालसम्म १३ गोर्खाहरुले ब्रिटिश सेनाको सर्वोच्च पदक भिक्टोरिया क्रस (भिसी) पाइसकेका छन् ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण