लण्डन । बेलायती सेनामा गोर्खाहरु विगत दुईसय आठवर्षदेखि सिपाहीँमा भर्ती भएर सेवाकालमा अफिसर तहमा पुगेर सेवा निवृत्त हुँदै आएका छन् । पछिल्लो समयमा गोर्खाली मूलका छोराहरू सीधै ब्रिटिश आर्मीको क्याप्टेन तहबाट सेवा शुरु गर्दै आएका पनि छन् तर डा सुदर्शन गुरुङ भने सीधै मेजर पदमा बेलायती सेनामा भर्ती भएका छन् ।
उनी सम्भवत गोर्खा समुदायबाट मेजर तहमा कमिशन प्राप्त गर्ने नेपाली मूलका पहिलो व्यक्ति हुन् ।
बुवा सुमलकुमार गुरुङ र आमा सारादेवी गुरुङको कोखबाट पर्वत जिल्ला मोदी गाउँपालिका वडा नम्बर ८, चित्रेमा सन् १९८७ सालमा जन्मेका सुदर्शन गुरुङले सैन्य सेवाको शुरुमा गर्नुपर्ने तालिम सम्पन्न गरी हालै दीक्षित भएका छन् ।
सन् २०१० सालमा नेपाल मेडिकल कलेजबाट एमबीबीएस पास गरेर सन् २०१२ मा उनी बेलायत आएका थिए । बेलायतमा उनी चिकित्सा सेवामा सेवा गर्दै एमआरसीपी (एमडी) तह र त्यसपछि एफआरसीपी (ह्यामोटोलोजी) को कन्सल्ट्यान्ट (विशेषज्ञ) तहको अध्ययन पूरा गरेर चिकित्सा क्षेत्रमा कार्य गर्दै आएका थिए ।
उनी सेनामा भर्ती हुनुअघि केन्टस्थित मिडवे अस्पताल, जिलिङहाममा क्यान्सर विभाग प्रमुखका रूपमा कार्यरत थिए ।
गुरुङ आफ्नो अध्ययन र सेवाबाहेक सामाजिक कार्य र संगीतमा पनि उत्तिकै सक्रिय छन् । उनको नेतृत्वमा बेलायती नेपाली समुदायलाई लाभ पुर्याउने विभिन्न चिकित्सकिय कल्याणकारी कामहरु भइसकेको छ । नेपालको महाभूकम्पको बेला डा कपिल रिजालसहित डाक्टरहरुको समूहमा अघिल्लो पङ्क्तिमा उभिएका गुरुङले बेलायतमा स्वास्थ्य शिविरहरुको कार्यक्रमहरुमा सक्रिय भूमिका निभाउँदै आएका छन् । उनले आफ्नै प्रयासमा नेपालको मुसहर बस्तीमा स्वास्थ्य शिविरको आयोजना गरेर गरिब निमुखाहरुको लागि निःशुल्क सेवा र औषधि उपलब्ध गराएका थिए ।

तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण