लण्डन । बेलायती सेनामा गोर्खाहरु विगत दुईसय आठवर्षदेखि सिपाहीँमा भर्ती भएर सेवाकालमा अफिसर तहमा पुगेर सेवा निवृत्त हुँदै आएका छन् । पछिल्लो समयमा गोर्खाली मूलका छोराहरू सीधै ब्रिटिश आर्मीको क्याप्टेन तहबाट सेवा शुरु गर्दै आएका पनि छन् तर डा सुदर्शन गुरुङ भने सीधै मेजर पदमा बेलायती सेनामा भर्ती भएका छन् ।
उनी सम्भवत गोर्खा समुदायबाट मेजर तहमा कमिशन प्राप्त गर्ने नेपाली मूलका पहिलो व्यक्ति हुन् ।
बुवा सुमलकुमार गुरुङ र आमा सारादेवी गुरुङको कोखबाट पर्वत जिल्ला मोदी गाउँपालिका वडा नम्बर ८, चित्रेमा सन् १९८७ सालमा जन्मेका सुदर्शन गुरुङले सैन्य सेवाको शुरुमा गर्नुपर्ने तालिम सम्पन्न गरी हालै दीक्षित भएका छन् ।
सन् २०१० सालमा नेपाल मेडिकल कलेजबाट एमबीबीएस पास गरेर सन् २०१२ मा उनी बेलायत आएका थिए । बेलायतमा उनी चिकित्सा सेवामा सेवा गर्दै एमआरसीपी (एमडी) तह र त्यसपछि एफआरसीपी (ह्यामोटोलोजी) को कन्सल्ट्यान्ट (विशेषज्ञ) तहको अध्ययन पूरा गरेर चिकित्सा क्षेत्रमा कार्य गर्दै आएका थिए ।
उनी सेनामा भर्ती हुनुअघि केन्टस्थित मिडवे अस्पताल, जिलिङहाममा क्यान्सर विभाग प्रमुखका रूपमा कार्यरत थिए ।
गुरुङ आफ्नो अध्ययन र सेवाबाहेक सामाजिक कार्य र संगीतमा पनि उत्तिकै सक्रिय छन् । उनको नेतृत्वमा बेलायती नेपाली समुदायलाई लाभ पुर्याउने विभिन्न चिकित्सकिय कल्याणकारी कामहरु भइसकेको छ । नेपालको महाभूकम्पको बेला डा कपिल रिजालसहित डाक्टरहरुको समूहमा अघिल्लो पङ्क्तिमा उभिएका गुरुङले बेलायतमा स्वास्थ्य शिविरहरुको कार्यक्रमहरुमा सक्रिय भूमिका निभाउँदै आएका छन् । उनले आफ्नै प्रयासमा नेपालको मुसहर बस्तीमा स्वास्थ्य शिविरको आयोजना गरेर गरिब निमुखाहरुको लागि निःशुल्क सेवा र औषधि उपलब्ध गराएका थिए ।

एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा