लन्डन । ब्रिटिश आर्मीमा गोर्खा भर्तीको दुई सय वर्ष गांठका अवसरमा यस वर्ष बेलायत र नेपालमा विभिन्न कार्यक्रम भइरहेका छन् । यसै क्रममा मद्दत समूह यूकेका संस्थापक कमल पूर्जाको पहलमा वीन्चेष्टरमा एक कार्यक्रम भएको छ ।
भूपू गोर्खा वृद्धवृद्धालाई संग्रहालय भ्रमण गराउने समूहको कार्यक्रम अन्तर्गत यसपटक १७ औं भ्रमणका अवसरमा जि २०० (गोर्खा भर्तीको दुई सय वर्ष) समेत मनाइएको हो ।
भूपू गोर्खा र नेपाली वृद्धवृद्धाको समूहले पहिले वीन्चेष्टरस्थित गोर्खा म्यूजियम अवलोकन गरेको थियो । सो क्रममा गोर्खा म्यूजियमका क्युरेटर ग्याभिन एगर्ली ह्यारिसले स्वागत गर्दै गोर्खाहरु ब्रिटिश आर्मीमा आवद्ध भएको इतिहासबारे जानकारी दिएका थिए । उनले कुन कुन देशमा गोर्खालीले सेवा गरिरहेका छन् भन्ने इतिहास पनि स्मरण गरे ।
वीन्चेस्टर गोर्खा म्यूजियम अवलोकनपछि ५ किलोमिटर दुरीमा रहेको रोम्सीस्थित सर हारोल्ड हिलियर गार्डेनमा एक भेला आयोजना गरियो । भेलालाई धौलागिरी नौमती बाजाले स्वागत गरेको थियो भने मद्दत समूह यूके र इस्ट्ले गोर्खा नेपाली एसोसिएसन पदाधिकारीबाट अतिथीहरुलाई खादा लगाएर स्वागत गरिएको थियो । उक्त अवसरमा प्रमुख अतिथी रोम्सी क्षेत्रका सांसद क्यारोलिन नोक्स्, अतिथी ह्याम्पसायर काउन्टी काउन्सिल लिडर रोय पेरी, ह्याम्पसायर फायर एण्ड रेस्क्यू सर्भिस् चिफ अफिसर डेभ करी (जसको नेतृत्वमा १२ जनाको टिम भूकम्प पीडितहरुको उद्दार गरेर भर्खर नेपालबाट फर्केको छ), इस्ट्ले बोरोका पूर्व मेयर ग्लेन डेभिस डियर, इस्ट्लेका पूर्व काउन्सिलर एण्डी मुर आदि थिए ।
स्वागत तथा सम्मानपछि सर हारोल्ड हिलियर गार्डेनको मध्य भागमा अवस्थित गोर्खा स्मारकमा मद्दत समूह र इस्ट्ले गोर्खा नेपाली एसोसिएसनको तर्फबाट रिथ चढाइयो । पहिलो र दोस्रो विश्वयुद्धताका ज्यान गुमाएका योद्धाहरुको सम्झनामा २ मिनेट मौन धारण गरियो । नेपाली र ब्रिटिश राष्ट्रिय गीत बजाइयो ।
उक्त अवसरमा म्यूजियमका क्युरेटर ग्याभिन एगर्ली ह्यारिस, मद्दत समूह यूकेका कमल पूर्जा, सर हारोल्ड हिलियर गार्डेनका निर्देशक वोल्फगाङ् बोपले मन्तव्य दिंदै गोर्खा योगदानबारे प्रकाश पारेका थिए ।
साथै, ह्याम्पसायर काउन्टी काउन्सिल लिडर रोय पेरीले ह्याम्पसायर काउन्टी काउन्सिलको तर्फबाट गोर्खा वेल्फेयर ट्रस्टका लागि २० हजार पाउन्डको चेक हस्तान्तरण गरेका छन् ।
मोना यूकेका पूर्व अध्यक्ष योगकुमार फगामीले सञ्चालन गरेको कार्यक्रममा प्रिया पुन लगायत स्थानीय कलाकारहरुले नृत्य र नेपालबाट आएकी लोक दोहोरी गायिका निता पुनले आफ्नो चर्चित गीत प्रस्तुत गरेकी थिइन् ।
उक्त कार्यक्रममा स्वीन्डेन सिनियर सिटिजन सोसाइटीका अध्यक्ष टिकाबहादुर गुरुङ, ब्रिटिश गोर्खा नेपलिज कल्चरल काउन्सिलका अध्यक्ष एकराज नेम्वाङ, इस्ट्ले गोर्खा नेपाली एसोसिएसनका अध्यक्ष रोमन थापा मगर, मोना यूकेका पूर्व अध्यक्ष योगकुमार फगामी, रिटायर्ड मेजर ग्यारी घले लगायत सयौंको भूपू गोर्खा र नेपालीको उपस्थिति थियो ।
विश्वकप ग्लोबल छनोटः नेपाल थाइल्याण्डसँग पराजित
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाली कांग्रेस (देउवा पक्ष) निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने
गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगले दियो आधिकारिकता
यसरी मनायो थारु कल्याणकारी सभा यूकेले माघी पर्व
झापाली समाज यूकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा टंक भट्टराई
सरल छविका थिए प्रशान्त तामाङ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
पूर्व गोर्खा सैनिक हरिबहादुर बुढामगरद्वारा कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण