
लण्डन । गोरखा सैनिकहरुलाई आफ्ना परिवारलाई बेलायत ल्याउँदा वार्षिक न्यूनतम आम्दानी साढे २३ हजार पाउण्ड भए पुग्ने भएको छ ।
बेलायत सरकारले अन्यका लागि आफ्ना परिवार बेलायत ल्याउन न्यूनतम वार्षिक आम्दानी २९ हजार पाउण्ड हुनुपर्ने तोकेको भए पनि सैन्य सेवामा रहिरहेका वा पहिले सैन्य सेवा गरेकाहरुका लागि २३ हजार ४९६ पाउण्ड भए पनि हुने बनाएको हो ।
यो नयाँ नियम ११ अप्रिल २०२४ देखि लागू भएको गोखा ब्रिगेड एसोसिएसनले आफ्नो वेभसाइटमा उल्लेख गरेको छ ।
बेलायती रक्षा मन्त्रीको प्रतिवद्धताअनुरुप सो शुल्क घटाइएको पनि बताइएको छ । यो पृथक व्यवस्थाले नेपाललगायत कमनवेल्थ मुलुकहरुका नागरिकहरुले बेलायतको रक्षाका लागि दिएको महत्वपूर्ण योगदानको रक्षा मन्त्रालयले कदर गरेको पनि उल्लेख छ ।
११ अप्रिलभन्दा अघि नै परिवार ल्याउनका लागि आवेदन दिइसकेका वा आवेदन दिएर भिसा पाइसकेकाहरुकाको हकमा संक्रमणकालिन व्यवस्था गरिने पनि बताइएको छ । उनीहरुलाई नयाँ व्यवस्थाकै सरहमा अन्य तवरले सुविधा दिइने पनि बताइएको छ ।
यसबाहेक बाँकी कुराहरु भने अध्यागमन नियमअनुसार नै हुने पनि प्रष्ट पारिएको छ ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण