
लण्डन । गोरखा सैनिकहरुलाई आफ्ना परिवारलाई बेलायत ल्याउँदा वार्षिक न्यूनतम आम्दानी साढे २३ हजार पाउण्ड भए पुग्ने भएको छ ।
बेलायत सरकारले अन्यका लागि आफ्ना परिवार बेलायत ल्याउन न्यूनतम वार्षिक आम्दानी २९ हजार पाउण्ड हुनुपर्ने तोकेको भए पनि सैन्य सेवामा रहिरहेका वा पहिले सैन्य सेवा गरेकाहरुका लागि २३ हजार ४९६ पाउण्ड भए पनि हुने बनाएको हो ।
यो नयाँ नियम ११ अप्रिल २०२४ देखि लागू भएको गोखा ब्रिगेड एसोसिएसनले आफ्नो वेभसाइटमा उल्लेख गरेको छ ।
बेलायती रक्षा मन्त्रीको प्रतिवद्धताअनुरुप सो शुल्क घटाइएको पनि बताइएको छ । यो पृथक व्यवस्थाले नेपाललगायत कमनवेल्थ मुलुकहरुका नागरिकहरुले बेलायतको रक्षाका लागि दिएको महत्वपूर्ण योगदानको रक्षा मन्त्रालयले कदर गरेको पनि उल्लेख छ ।
११ अप्रिलभन्दा अघि नै परिवार ल्याउनका लागि आवेदन दिइसकेका वा आवेदन दिएर भिसा पाइसकेकाहरुकाको हकमा संक्रमणकालिन व्यवस्था गरिने पनि बताइएको छ । उनीहरुलाई नयाँ व्यवस्थाकै सरहमा अन्य तवरले सुविधा दिइने पनि बताइएको छ ।
यसबाहेक बाँकी कुराहरु भने अध्यागमन नियमअनुसार नै हुने पनि प्रष्ट पारिएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा