
लण्डन । बेलायतमा फेब्रुअरी महिनामा मुद्रास्फिति अपेक्षा गरिएभन्दा धेरै खुम्चिएको छ ।
अफिस फर न्याशनल स्ट्याटिटिक्स (ओएनएस) ले बुधबार सार्वजनिक गरेको आँकडाअनुसार फेब्रुअरी महिनामा बेलायतको मुद्रास्फिति ३.४ प्रतिशत रहेको छ । यसअघि जनवरी महिनामा सो दर ४ प्रतिशत रहेको थियो ।
यो विगत दुई वर्ष यताकै सबैभन्दा कम हो ।
बैँक अफ इंग्ल्याण्ड लगायत विश्लेषकहरुले फेब्रुअरीमा मुद्रास्फिति ३.५ प्रतिशत रहने पूर्वानुमान गरेपनि मुद्रास्फिति त्यो भन्दा तल झरेको हो ।
आगामी महिनाहरुमा मुद्रास्फिति अझै घट्ने विश्लेषण गरिएको छ । अप्रिल महिनामा उर्जाको मूल्य घट्ने भएकाले यो दर अझै बढ्ने बताइएको छ ।
बेलायतका अर्थ मन्त्री जेरेमी हन्टले केही महिनाभित्रै सरकारले तय गरेको मुद्रास्फिति २ प्रतिशतमा झार्ने लक्ष्य पूरा हुने आशा व्यक्त गरेका छन् । उता अर्थशास्त्रीहरु भने बुधबारको आँकडाबाट हौसिएका छन् र केहीले यो वर्ष अन्त्यसम्ममा बेलायतको मुद्रास्फिति सरकारले अपेक्षा गरेको २ प्रतिशतभन्दा तल झर्ने बताउन थालेका छन् । कतिपयले भने अप्रिलदेखि कामदार तलव बढ्ने र रेडसीमा अझै तनाव कायम रहेकाले मुद्रास्फितिमा संकुचन केही समयका लागि मात्र हुन सक्ने तर्फ सचेत गराएका छन् ।
फेब्रुअरीमा मुद्रास्फिति घट्नुमा खाद्यान्नको मूल्यमा गिरावटले प्रमुख भूमिका खेलेको बताइएको छ ।
यस संकुचनको वावजूद पनि बेलायतमा मुद्रास्फिति अन्य मुलुकको तुलनामा अझै उच्च रहेको छ । युरोपको समग्र मुद्रास्फिति दर २.८ प्रतिशत रहेको छ भने फ्रान्सको ३.२, जर्मनीको २.७ र अमेरिकाको २.२ प्रतिशत रहेको छ ।
मुद्रास्फिति खुम्चिँदा वस्तु तथा सेवाको मूल्यमा तत्काल कमी नआए पनि वृद्धिदर भने कम हुने गर्छ ।
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा